दशनामी समाजको चौथो अधिवेशन सम्पन्न
नेपालगन्ज, ९ बैशाख – आध्यात्म गुरु शंकराचार्यको १२३८ आंै जन्म जयन्ती तथा दशनामी समाज बाँकेको नयाँ बर्ष २०८३ को शुभकामना आदानप्रदानका साथै चौथो अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यक्रम गोपाल गिरीको अध्यक्षतामा, केन्द्रिय सल्लाहकार केशर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरुमा पूर्व केन्द्रिय सचिव, नारद पुरी केन्द्रिय सदस्य झग्गु गिरी, लुम्बिनी प्रदेशका सचिव होमनाथ गिरी रहनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला कार्य समिति, नगरपालिका कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पूर्व केन्द्रिय सचिव नारद पुरीद्वारा सञ्चालित कार्यक्रममा चौथो अधिवेशनले पूर्णदेव गिरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेका छ ।
कार्यसमितिको उपाध्यक्षमा कृष्णगिरी, महिला उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा रुकमणि गिरी, सहसचिवमा बीरेन्द्र गिरी, कोषाध्यक्षमा गोपालरा...









