‘चीनले सीमा सम्झौता उल्लंघन गर्यो’
काठमाण्डौ, १८ असोज – भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले चीनले सीमा सम्झौताको उल्लंघन गरेको आरोप लगाउनु भएक छ । कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पिस थिंक ट्याङ्कमा बोल्दै उहाँले चीनमाथि यस्तो आरोप लगाउनुभएको हो । उक्त कार्यक्रममा चीन र भारतबीचको सम्बन्धको विषयमा सोधिएको प्रश्नको जवाफमा दुई देशबीचको निरन्तर तनावले सम्बन्धमा असर पर्ने उहाँको भनाइ छ ।
चीनसँग भारतको सम्बन्धमा जयशंकरले दुई देशबीच सीमामा शान्ति र स्थायित्व कायम राख्नुपर्ने विषयमा सम्झौता भए पनि चीनले ती सम्झौताको उल्लंघन गरेको स्पष्ट पार्नुभयो । साथै जबसम्म सीमावर्ती क्षेत्रमा फ्रन्टलाइनमा रहेका सेनिकहरुलाई पछि नहटाए तनाव जारी रहने उहाँको भनाइ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमाका कारण दुई देशबीच तनाव जारी रहे यसले स्वाभाविक रूपमा बाँकी सम्बन्धलाई असर गर्ने उहाँको टिप्पणी छ । विगत ४ वर्षदेखि दुई देशबीचको सम्बन्...









