प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता, भयो महत्वपुर्ण सम्झौता
काठमाण्डौ, २२ असोज – प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा आएका मुइज्जुले सोमबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् । यस क्रममा मोदी र मुइज्जुले भिडियो लिङ्क मार्फत मालदिभ्सको हनीमाधु अन्तर्राष्ट्रिय विमानस्थलको हवाई पट्टीको उद्घाटन पनि गरेका थिए ।
भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ - 'दुई देशबीचको सम्बन्ध शताब्दीयौं पुरानो छ र भारत माल्दिभ्सको सबैभन्दा नजिकको छिमेकी र नजिकको मित्र हो। हाम्रो छिमेकी पहिलो नीति र सागर भिजनमा माल्दिभ्सको महत्त्वपूर्ण स्थान छ। भारतले सधैं माल्दिभ्सको लागि पहिलो प्रतिक्रियाकर्ताको भूमिका खेलेको छ। माल्दिभ्सका जनताको आवश्यकता पूरा गर्ने होस्, प्राकृतिक प्रकोपको बेला पिउने पानी उपलब्ध गराउनु होस्, कोभिडको समयमा खोप उपलब्ध गराउनु होस्, भारतले सधैं छिमेकी भएको नाताले आफ्न...









