Thursday, November 21सत्यम खबर
Shadow

‘चीनले सीमा सम्झौता उल्लंघन गर्यो’

काठमाण्डौ, १८ असोज – भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले चीनले सीमा सम्झौताको उल्लंघन गरेको आरोप लगाउनु भएक छ । कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पिस थिंक ट्याङ्कमा बोल्दै उहाँले चीनमाथि यस्तो आरोप लगाउनुभएको हो । उक्त कार्यक्रममा चीन र भारतबीचको सम्बन्धको विषयमा सोधिएको प्रश्नको जवाफमा दुई देशबीचको निरन्तर तनावले सम्बन्धमा असर पर्ने उहाँको भनाइ छ ।

चीनसँग भारतको सम्बन्धमा जयशंकरले दुई देशबीच सीमामा शान्ति र स्थायित्व कायम राख्नुपर्ने विषयमा सम्झौता भए पनि चीनले ती सम्झौताको उल्लंघन गरेको स्पष्ट पार्नुभयो । साथै जबसम्म सीमावर्ती क्षेत्रमा फ्रन्टलाइनमा रहेका सेनिकहरुलाई पछि नहटाए तनाव जारी रहने उहाँको भनाइ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमाका कारण दुई देशबीच तनाव जारी रहे यसले स्वाभाविक रूपमा बाँकी सम्बन्धलाई असर गर्ने उहाँको टिप्पणी छ । विगत ४ वर्षदेखि दुई देशबीचको सम्बन्ध राम्रो नरहेको उहाँको स्पष्टोक्ति छ । सन् २०२० को जुनमा गलवान उपत्यकामा भएको झडपपछि दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको समेत उहाँले बताउनुभयो ।

भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म चीनसँगको सम्बन्ध सामान्य हुन नसक्ने भन्दै आएको छ । दुवै पक्षबीच हालसम्म कोर्प्स कमाण्डर स्तरमा २१ वटा बैठक बसिसकेका छन् । भारतले पिपुल्स लिबरेशन आर्मी (पीएलए) लाई देप्साङ र डेमचोक क्षेत्रबाट फिर्ता हुन दबाब दिइरहेको छ । दुवै पक्षले फेब्रुअरीमा अन्तिम चरणको उच्चस्तरीय सैन्य वार्ता गरेका थिए । त्यस्तै व्यापारको विषयमा विश्व स्तरमा चीनले विश्वव्यापी उत्पादनको ३१–३२ प्रतिशत हिस्सा ओगटेको बताउनुभयो ।

दशकौँदेखि अन्तर्राष्ट्रिय व्यापारमा मुख्य रूपमा पश्चिमी नेतृत्वमा रहेको र पारस्परिक लाभका लागि चीनसँग सहयोग गर्न रोजेको समेत उहाँले बताउनुभएको छ । भारतले कहिल्यै सक्रिय रूपमा डलरलाई टार्गेट नगरेको र यो भारतको आर्थिक, राजनीतिक वा रणनीतिक नीतिको हिस्सा नभएको समेत उहाँले जिकिर गर्नुभयो । उहाँले अमेरिकाको केही नीतिका कारण भारतका केही व्यापारिक साझेदारसँग डलरको व्यापार गर्न गाह्रो भएको बताउनुभयो । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *