Wednesday, July 15सत्यम खबर
Shadow

आस्था

तीन दिन राष्ट्रिय शोक घोषणा

तीन दिन राष्ट्रिय शोक घोषणा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ असोज – सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए । त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् । त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए । असोज १० गतेदेखि भएको बर्षका कारण आएको बाढी र पहिरोले अहिल...
जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा

जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ असोज – जापानका नव निर्वाचित लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । उनी अक्टोबर १ अर्थात् मंगलबार औपचारिक रूपमा जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनेछन् । संसद्मा बहुमत रहेको एलडिपीबाट शुक्रबार पार्टी नेता चुनिएपछि उनी प्रधानमन्त्रीको लागि निर्विकल्प उम्मेदवार बनेका हुन्। इसिबाले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि अक्टोबर ९ मा संसद् विघटन गर्ने योजनालाई अन्तिम रूप दिइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनले एलडीपी नेतृत्वको दौडमा भाग लिने मन्त्रिमण्डलका पूर्व मुख्यमन्त्री कत्सुनोबु कातोलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना प्रबल रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । नयाँ मन्त्रीमण्डलम...
महासंघले भन्यो- अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर

महासंघले भन्यो- अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १४ असोज – अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदाल...
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ असोज – नयाँ नेतृत्वलाई लिएर नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढ्दै गएको छ । काठमाडौंको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहदको विषयलाई लिएर क्रान्तिकारी फरक फरक समूहबीच हानाहान भएको हो । अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि दीपेश पुन, पवन कार्की र नरेश रेग्मीसहितका विद्यार्थी नेताहरू दौडमा छन् । यस्तोमा उनीहरूलाई माओवादीका कुनै न कुनै पदाधिकारीले साथ दिएका छन् । गुटगत विवाद बढ्दै जाँदा क्रान्तिकारीको सम्मेलनस्थल कीर्तिपुरमा उमेर हदको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको हो । सार्वजनिक भएको एउटा भिडियोमा दुई समूहबीच घम्साघम्सी चलिरहेको छ। सुरक्षाका लागि तैनाथ प्रहरीले छुटाउन खोजे पनि ठूलो भिडबीचको घम्साघम्सी मिलाउन मुस्लिक परेको देख्न सकिन्छ । भिडबाट बाहिरका विद्यार्थी हान्, हान्, हान् भनिरहेको भिडियोमा ...
भारत सरकारद्वारा अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिईने

भारत सरकारद्वारा अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिईने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ असोज – बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ । भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो । दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ । मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ । मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो । मिथुनले बलिवुडमा ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने तीन नेशनल अवार्ड समेत जितेका छन् । नेपाल पाना...
चीनसँग जोडिएका तातोपानी र रसुवा नाका ठप्प

चीनसँग जोडिएका तातोपानी र रसुवा नाका ठप्प

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पहिरोले क्षतिग्रस्त तातोपानी नाकाको लिपिङ पुल र चीनको केरुङ क्षेत्र नेपाली व्यवसायीका अर्बौंका सामान बाटोमै अलपत्र, स्याउ, लसुन, आँप, अनारलगायत खाद्यवस्तु कुहिने चिन्ता काठमाण्डौ, १४ असोज – बाढीपहिरोका कारण चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवाबाट हुँदै आएको आयात व्यापार शनिबारदेखि ठप्प भएको छ । भोटेकोसीमा आएको बाढीले सीमा क्षेत्र नजिकैको अरनिको राजमार्गको लार्चा र लिपिङको मोटरेबल पुल बगाएको छ भने रसुवागढी नाका जोड्ने सडक जताततै छियाछिया बनेको छ । तातोपानी र रसुवाबाट व्यापार मात्र ठप्प भएको छैन बिजुली, सञ्चार यातायातको अभावमा स्थानीय बासिन्दा निकै ठूलो त्रासमा छन् । तातोपानीमा पैदल आउजाउ गर्नसमेत नसक्ने अवस्था छ । मालवाहक कन्टेनर बाटैमा अलपत्र छन् भने अर्बौं रुपैंयाँका व्यापारिक सामानको असुरक्षा भएको छ । यसबाट नेपाली व्यापारिले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने परिस्थिति सिर्ज...
इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ असोज – हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ । अल्जजीराले ट्याङ्कहरू तैनाथ गरेका तस्बिर सार्वजनिक गरेको छ । इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने यस अघि नै चेतावनी दिएको थियो । अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ । रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ । यसमार्फत हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउण्ड मूल्यका १५ वटा बम खसालेको थियो । रिपोर्टका अनुसार यी अमेरिका निर्मित बीएलयू-१०९ बम थिए, जसलाई बंकर बस्टर पनि भनिन्छ । यी तोकिएको स्थानमा भूमिगत प्रवेश गर्न र विस्फोट गराउ...
हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ

हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ असोज – लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ । इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ । हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन । साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन । हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए । हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो । ...
चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ असोज – चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका लागि अनिवार्य सैन्य तालिमसम्बन्धी व्यवस्था गर्न लागेको खुलेको छ । चीनले अनिवार्य सैन्य तालिमका साथै हाइस्कुलमा राष्ट्रिय रक्षा शिक्षा थप गर्ने योजना अघि सारेको हो । चिनियाँ राष्ट्रिय जनकांग्रेसले यसबारे कानुन संशोधन गर्ने तयारी गरेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नयाँ प्रावधानअन्तर्गत चिनियाँ जनमुक्ति सेनाले विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई प्रशिक्षण दिनेछन् । सिद्धान्ततः चीनमा हरेक नागरिकले सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ, तर सन् १९४९ मा जनगणतन्त्र घोषणा भएयता यो व्यवस्था लागू भने गरिएको छैन । लामो समयदेखि चीनले लागू गरेको एक सन्तान नीतिका कारण त्यहाँ सेनामा सेवा गर्न चाहने जनशक्तिको अभाव रहेको बताइन्छ । आफूले पाएको एउटै सन्तानलाई सेनामा भर्ती गराउन परिवारले नमान्ने ग...
पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप

पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १४ असोज – पाकिस्तानको हैदरावाद जिल्लामा सञ्चालन गरिएको पोलियोविरुद्धको खोप अभियानमा झण्डै १२ हजार बालबालिका सहभागी नभएको पाइएको छ । यति धेरै सङ्ख्यामा बालबालिकाले खोप नलिएका कारण पोलियो उन्मूलनमा अझै ठूलो चुनौती देखा पर्ने चिन्ता उत्पन्न भएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार जिल्लाका ११ हजार ७ सय ४ जना ५ वर्षमुनीका बालबालिकाले पोलियो खोप अभियानमा सहभागीता जनाएनन् । यस पटक जिल्लामा ८ दिन लामो पोलियो खोप अभियान सञ्चालन गरिएको थियो । तीमध्ये १० हजार ९ सय १३ बालबालिका घरमा थिएनन् भने ७ सय ९१ जना बालबालिकाका अभिभावकले खोप दिन अस्वीकार गरेका थिए । विश्व स्वास्थ्य संगठनको सहकार्यमा पाकिस्तानको स्वास्थ्य विभाग र जिल्ला प्रशासनले ८ दिने खोप अभियान सञ्चालन गरेका थिए । खोप अभियानका क्रममा ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बन्धक बनाउनेदेखि हातप...