Wednesday, July 15सत्यम खबर
Shadow

आस्था

मृतक ई–रिक्सा चालकको परिवार संघद्वारा आर्थिक सहयोग

मृतक ई–रिक्सा चालकको परिवार संघद्वारा आर्थिक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ पुस – अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेले मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग गरेको छ । अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्दै आएका स्व. ससिव श्रीवास्तवको परिवारलाई नगद १० हजार सहयोग गरेको हो । गत पुस ४ गते ई–रिक्सा चालक श्रीवास्तवले आत्महत्या गर्नु भएको थियो । नेपालगन्ज–०६ फुल्टेक्रा स्थित डेराको कोठामा बस्दै आउनु भएका श्रीवास्तवको परिवारमा आर्थिक समस्याका कारण काज किरिया समेत समस्या आएपछि संघले आर्थिक सहयोग गरेको हो । अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष धिरजप्रताव सिंहले आर्थिक अवस्था कमजोर भएका कारण अन्तिम दाहसंस्कार समेत समस्या भएको खबर सुनेपछि सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ संघको सदस्य होइन् तर ई–रिक्सा चालक हो । हामी ई–रिक्सा चालक र धनीहरुको हकहितको लागि काम गरिरहेका छौं ।...
मनाईयो प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको ७ औं वार्षिक पुण्यतिथि

मनाईयो प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको ७ औं वार्षिक पुण्यतिथि

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ पुस – प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको ७औं वार्षिक पुण्यतिथि मनाउँदै सहभागीहरुले उहाँप्रति श्रद्धाञ्जलीको पुष्प अर्पण गरेका छन् । आइतवार दिन फुल्टेक्रा वडा नं. ६ स्थित मधेश मिडिया मिसन नेपालको सभाकक्षमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले भने, प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यले पत्रकारिता क्षेत्रमा काम गर्दै पुरै देशमा नेपालगञ्जको छुट्टै चिनारी गराउनु भयो । उहाँद्वारा लेखनी भएको त्रिभुवन चोक बोल्दछ स्तम्भ आज पनि सम्पूर्ण नेपालगन्ज वासीहरुले बिर्सन सकेका छैनन् । त्रिभुवन चोक बोल्दछलाई निरन्तरता दिनुपर्छ यसको लागि नेपालञ्ज उद्योग वाणिज्य संघ सबै प्रकारको सहयोग दिन तयार छ र स्व. राम गोपाल वैश्यको पहिचान नमेटियोस् यसका लागि हामी कार्य गर्न तयार छौं ।’ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रद...
होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परिक्षण

होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परिक्षण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
डुडुवा, ८ पुस – बाँके डुडुवा गाउँपालिकावार्ड नं.१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवालिएका छन । डुडुवा गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा शनिबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५२ महिला र १ सय ३६ जना पुरुष गरि २ सय ८८ जनाको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गरिएको थियो । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत आयोजित शिविरमा निःशुल्क उपचार गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो । दुरदराजका स्थानीयमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको पहिचान तथा रोगका बारेमा जानकारीका लागि स्वास्थ्य शिविरले ठुलो मद्दत पु¥याएको गाउँपालिका अध्य...
लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ पुस – नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ । बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो । अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने भएकोले सहकार्य गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी निकै खुसी छौं । फुटबल भनेको सामुहिक भावनाबाट खेल्ने गरिन्छ । फुटबलको विकासमा निजी क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ । नेपालगन्जमा अन्तरालले गर्ने प्रतियोगिताले यहाँको फुटबल लोकप्रियता र खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले सहकार्य गर्ने निर्णय गरे...
मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाट पहल हुनुपर्ने

मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाट पहल हुनुपर्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ पुस – मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाटै वातावरणीय न्याय, वन्यजन्तुबाट हुने क्षतिको राहत प्राप्त गर्ने प्रकृया लगायतका विषयमा सचेतना अभियान र वकालत हुनुपर्ने एक छलफलमा सहभागी भएका यूवाहरुले बताएका छन् । बर्दियाको मधुवन नगरपालिका वडा नं. २ वरपरको क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द बढ्दै गएको रजसका कारण समुदायका युवाहरु तथा तिनका परिवारका सदस्यहरुलाई वन्यजन्तुले आक्रमण गर्न सक्ने कुरालाई लिएर यूवाहरु चिन्तित छन् । समुदायमा बस्ने यूवाहरु घाँस दाउराका लागि जंगल जाने भएकाले उनीहरु वन्यजन्तुको जोखिम भएको सगुन युवा क्लबका सदस्य मनित कुश्मीले बताउनु भयो । “समुदायका यूवाहरु वन्यजन्तुको आनीबानी सँग परिचित छैनन् र उनीहरुको परिवारलाई कुनै पनि किसिमको क्षति भएमा राहतमा गर्ने प्रकृयाका बारेमा समेत जानकारी छैन”, उहाँले अगाडि थप्नु भयो । समुदायका लागि...
क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा साबित्री गिरी

क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा साबित्री गिरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ७ पुस – क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे बाँकेले नयाँ कार्य समिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरी चयन हुनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा शनिबार नेपालगन्जमा सम्पन्न १२ औ साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री गिरीलाई चयन गरेको हो । यसैगरी उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहनु भएको छ । यसैगरी सदस्यहरुमा सजल गैरे, सुनिताबर्मा, मन्जु रिजाल, साहिदा बानो, सरला बराल र सविताचन्द ठकुरी लगायत ११ सदस्सीय कार्य समित चयन भएको डब्लु डब्लु जे बाँकेले जनाएको छ । क्रियाशिल पत्रकार महिलाको अधिवेशनमा निर्वतनमा कोषाध्यक्ष निशु जोशिले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएक...
बर्दिया जिल्लाको मैनापोखरमा २७ जनाले रक्तदान गरे

बर्दिया जिल्लाको मैनापोखरमा २७ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ पुस – बर्दियामा नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका समितिद्वारा मैनापोखरमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायत १ महिला सहित २७ जनाले पौष ६ गते शनिवार उत्साहका साथ रक्तदान गरेका छन् । नागरिक उन्मुक्ति पार्टी केन्द्रिय महासचिव ठाकुर सिंह थारु, नागरिक उन्मुक्ति पाटी बढैयाताल गाउँपालिका समिति अध्यक्ष तथा कार्यक्रम संयोजक लल्लुराम थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल लगायतले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश राना क्षेत्रीलाई हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक लल्लुराम थारुका अनुसार बढैयाताल गाउँपालिका वार्ड नं. ६ मैनपोखर स्थित मिलन एग्रोभेट सेन्टरमा आयोज...
जसपा नेपाल बाँके कार्यसमितिलाई पूर्णता

जसपा नेपाल बाँके कार्यसमितिलाई पूर्णता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ पुस – जनता समाजवादी पार्टी नेपाल बाँकेले जिल्ला समितिलाई पूर्णता दिएको छ । नेपालगन्जमा बिहीबार भएको भेलाले ३१ सदस्यीय समिति बिस्तार गर्दै समितिलाई पूर्णता दिएको हो । समितिले यसअघि नै जिल्ला अध्यक्षमा कौशलकुमार धोवी, उपाध्यक्षद्धयमा रमारानी वैश्य, र अकबर अलि खाँ, सचिवमा सूर्यलाल यादव, सहसचिवद्वयमा श्यामप्रसाद श्रेष्ठ र राहिल किंघरिया चयन हुनु भएको थियो । भेलाको प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय सचिवसमेत तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको बिस्तार गरिएको बताउनुभयो । उहाँले सोही निर्णय अनुसार नै पार्टीको जनवर्गीय संगठन बिस्तार लगायतको कार्यक्रम निरन्तर रुपमा हुने र पार्टीको विभिन्न स्थानीय तहहरुमा संगठन निर्माण कार्यलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्र...
गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता

गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ पुस – के पुरुषले महिलाको नागरिकता पाउन सक्छन्? तपाई पुरुष हुनु भयो र नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जानु भयो भने महिलाको नागरिकता पाउनुहुन्छ? सामान्यतया यो कल्पना बाहिरको कुरा हो। तर, पुरुषले महिलाको नागरिकता पाएका छन्। यसरी नागरिकता दिलाउने काम गरेका हुन् गृहमन्त्री रमेश लेखकले। गृहमन्त्री लेखकको दबाबसहितको निर्देशनमा जिल्ला प्रशासन कार्यालय ललितपुरले पुरुषलाई महिलाको नागरिकता दिएको हो। यसको एक मात्र आधार अनुभूतिलाई मानिएको छ। उनी पुरुष हुन्, तर, महिलाको अनुभूति हुन्छ भनेकै आधारमा गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालयलाई दबाब दिएर नागरिकता दिलाएका छन्। अनुभूतिका आधारमा पुरुषलाई महिलाको नागरिकता जारी गर्दा प्रशासन कार्यालयका कर्मचारीहरू भने अचम्ममा परेका छन्। अनुभूतिका आधारमा नागरिकता दिन किटानी साथ लेखेर आयो,सर्वोच्च अदालतको परमादेश पनि त्यही थियो,ती कर्मचारी...
संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नविन थापा काठमाण्डौ, ३ पुस – संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री वद्री पाण्डेमाथि विदेशी प्रभावको साधन बनेर सांस्कृतिक उपनिवेशवाद र राष्ट्रिय सार्वभौमसत्तामा असर गर्ने गतिविधिहरू बढाएको आरोप लाग्न थालेको छ । यो आरोप नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा हस्ताक्षर गरेपछि काठमाडौँमा आयोजित नवौँ नानहाई बौद्ध सम्मेलनको आयोजनासँगै लाग्न थालेको हो । मन्त्री पाण्डेको अनुमतिमा उक्त सम्मेलन आयोजना गरिएको भनिएपछि नेपालको सांस्कृतिक र राजनीतिक क्षेत्रमा चिनियाँ प्रभावबारे गम्भीर बहस सुरु भएको छ ।   मन्त्री पाण्डे, जो कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग नजिक छन्, आफ्नो कार्यशैलीका कारण आलोचनाको केन्द्रमा छन् । स्रोतका अनुसार पाण्डे मन्त्री नियुक्त हुन गगन थापाको ठूलो भूमिका थियो । थप रूपमा, मन्त्री पाण्डेमाथि सातदोबाटो स्टेडियममा रहेको ...