गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनको आयोजनामा १२१ जनाले रक्तदान गरे
नेपालगन्ज, १४ पुस – बाँकेको नेपालगन्जमा रहेको गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनद्वारा आयोजत बृहत रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, स्थानीय स्वयंसवी रक्तदाता महिला पुरुष सहित १ सय २१ जनाले शनिवार रक्तदान गरेको छन् ।
रक्तदान जीवनदान मूल उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा समाजसेवी, गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा र गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाहले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरिनुका साथै प्रमुख अतिथि माधवराम वर्माले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाह, नेपाल स्वयंसेवी रक्तदा...









