Friday, March 21सत्यम खबर
Shadow

जसपा नेपाल बाँके कार्यसमितिलाई पूर्णता

नेपालगन्ज, ५ पुस – जनता समाजवादी पार्टी नेपाल बाँकेले जिल्ला समितिलाई पूर्णता दिएको छ । नेपालगन्जमा बिहीबार भएको भेलाले ३१ सदस्यीय समिति बिस्तार गर्दै समितिलाई पूर्णता दिएको हो ।

समितिले यसअघि नै जिल्ला अध्यक्षमा कौशलकुमार धोवी, उपाध्यक्षद्धयमा रमारानी वैश्य, र अकबर अलि खाँ, सचिवमा सूर्यलाल यादव, सहसचिवद्वयमा श्यामप्रसाद श्रेष्ठ र राहिल किंघरिया चयन हुनु भएको थियो ।

भेलाको प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय सचिवसमेत तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको बिस्तार गरिएको बताउनुभयो ।

उहाँले सोही निर्णय अनुसार नै पार्टीको जनवर्गीय संगठन बिस्तार लगायतको कार्यक्रम निरन्तर रुपमा हुने र पार्टीको विभिन्न स्थानीय तहहरुमा संगठन निर्माण कार्यलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामकुमार यादव, केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, बेवी तबस्सुम अन्सारी र इस्तियाक अहमद शाहलगायतले पार्टीको संगठन निर्माण गतिबिधिका बारेमा चर्चा गर्नु भएको थियो ।

भेलामा पार्टीका लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना मगर, प्रदेश सचिव शुशिला पौडेल, सदस्य उत्तम गुप्ता, महिला संघकी केन्द्रीय सदस्य मधु सोनकर, समाजवादी दलित मुक्ति संगठनका प्रदेश अध्यक्ष अयोध्याप्रसाद पासी, विद्यार्थी संघ प्रदेश सदस्य सरस्वती बर्मा, समाजवादी युवा संघ बाँकेका कोषाध्यक्ष श्यामा यादव, समाजवादी खेलकुद संघका अध्यक्ष साजिद खाँ, समाजवादी महिला संघ बाँके अध्यक्ष खुश्बु श्रीवास्तव, सहसचिव चादनी शाह, कोहलपुरका मेघबहादुर सुनार, नरैनापुरका कमसर खाँ, गंगाराम मौर्य, दिनेशकुमार शर्मा लगायतले पार्टीको विषयमा आ–आफ्नो सुझाव तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा ३१ जनालाई केन्द्रीय सचिवले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष धोवीको अध्यक्षतामा सम्पन्न भेलालाई सचिव यादवले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *