Sunday, February 9सत्यम खबर
Shadow

बर्दिया जिल्लाको मैनापोखरमा २७ जनाले रक्तदान गरे

नेपालगन्ज, ७ पुस – बर्दियामा नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका समितिद्वारा मैनापोखरमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायत १ महिला सहित २७ जनाले पौष ६ गते शनिवार उत्साहका साथ रक्तदान गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी केन्द्रिय महासचिव ठाकुर सिंह थारु, नागरिक उन्मुक्ति पाटी बढैयाताल गाउँपालिका समिति अध्यक्ष तथा कार्यक्रम संयोजक लल्लुराम थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल लगायतले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश राना क्षेत्रीलाई हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक लल्लुराम थारुका अनुसार बढैयाताल गाउँपालिका वार्ड नं. ६ मैनपोखर स्थित मिलन एग्रोभेट सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा पत्रकार शम्भुप्रसाद थारु, राजेश्वरसिंह थारु, नागरिक उन्मुक्ति पाटी जिल्ला सहसचिव सुर्मिला थारु, दुर्गा चौधरी, श्रीकान्त चौधरी, हिरालाल थारु, भागीरथ थारु, प्रभाकर थारु, कमलकुमार थारु, आर्यन चौधरी, प्रीतसिंह थारु, आयोध्याप्रसाद पासी, कुमार चौधरी, ईलाका प्र्रहरी कार्यालय मैनापोखरका प्रहरी सहायक निरीक्षक चित्र बहादुर बुढाक्षेत्री, प्रहरी सहायक हवलदार धनीराम थारु, महाबीर थारु, बिमल चौधरी, नेवलप्र्रसाद थारु, घनश्याम थारु, बीरगञ्जका निवासी दिनेश प्रसाद कुर्मी, रबिनकुमार थारु, सुबाष बैगार, शुकदेव थारु, रामकिसुन थारु, जीवनकुमार थारु, राजकुमार थारु, ठग्गाराम थारु लगायत २७ जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका समिति सचिव हरिप्रसाद थारु, लुम्बिनी प्रदेश सदस्य राम दुलारे थारु, नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका वार्ड नं. ६ संयोजक जोखन थारु, पत्रकार शम्भुप्रसाद थारु, पत्रकार जागेश्वरसिंह थारु लगायतको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, महेश रानाक्षेत्री, केशरसिंह डाँगी, बीरेन्द्र योगी, महेन्द्र थापा, आशा सुनारले प्राविधिकमा सहयोग गरेका थिए । रक्तदाता र प्राविधिकमा सहयोग गर्नेहरुलाई प्रमाण–पत्र प्रदान गरिएको नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका समिति सचिव हरिप्रसाद थारुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *