Wednesday, March 12सत्यम खबर
Shadow

नेपाल किसान महासंघको संगठन विस्तार, अध्यक्षमा प्रमोदकुमार शर्मा

नेपालगन्ज, २ फागुन – नेपाल किसान महासंघ बाँकेको संसदीय क्षेत्र नम्बर १ प्रदेश क्षेत्र “क” को बिधिवत संगठन बिस्तार भएको छ । नेपाल किसान महासंघ बाँके प्रदेश क्षेत्र “क” को अध्यक्षमा प्रमोदकुमार शर्मालाई चयन गरिएको छ भने उपाध्यक्षमा होमबहादुर अधिकारी, सचिवमा निर्मल खड्का, सहसचिवमा निरा थारुलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष शर्माले बताएका छन् ।

त्यसैगरी सदस्यहरुमा भोला थारु, संजय राना, राकेशकुमार मौर्य, खेमराज मौर्य, बिना बिक, गायन थारु, फुलमति थारुलगायतलाई चयन गरिएको छ ।

किसानहरुको समस्यालाई कसरी सम्बोधन गरी सम्बन्धित सरोकारवाला निकायहरु समक्ष पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपाल किसान महासंघ बाँके प्रदेश क्षेत्र “क” शाखाको गठन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *