Wednesday, March 12सत्यम खबर
Shadow

पूर्व खेलाडी समाज बाँकेमा प्रकाश

नेपालगन्ज, ३० माघ – प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ।

बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिती निर्बिरोध निर्बाचित भएको हो।

समाजको बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्तकुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभयकुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ रहेका छन।

त्यसैगरी सदस्यहरुमा गोबिन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोजकुमार श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन् । निर्वाचन समिती प्रमुख शिव कुमार श्रेष्ठले सम्पुर्ण कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियाे ।

यस अघि समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घघाटन सत्रमा प्रमुख अतिथी ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्रबहादुर हमालले पानसमा दीप प्रज्ज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुका साथै नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 

कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक एवम् कृयटिभ ह्याण्डसका अध्यक्ष टि यस ठकुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठले शुभकामना दिनुभएको थियो।

यसैबीच बुधवारै समाजको पहिलो बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । बैठकले सधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिती, वडा नम्बर २ को कार्यालय लगायत सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेको छ साथै केही साता भित्र भलिबल, शारीरिक सुगठन र ब्याडमिन्टन प्रतियोगिता आयोजन गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *