
नेपालगन्ज, ९ जेष्ठ – काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे संकटबाट निकासका लागि बाँकेबासी सहयाेगी मनकारी हातहरूले आ-आफ्नाे स्तरबाट सहयाेग गरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बाट सञ्चालित वडा कार्यालयमा आईसाेलेसन वार्डका लागि लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलले ५ थान अक्सिजन ग्यास सिलेण्डर उपलब्ध गराई सहयाेग गरेकाे पन्चसिलका कृष्णादेवी पाण्डेयले बताउनु भएकाे छ ।
नेपालगन्जमा विगत केही दिन अगाडीदेखि नै अक्सिजन ग्यास तथा ग्यास भरिने सिलेण्डरकाे कमी हुँदै आईरहेकाे अवस्थामा भेरी अस्पताल भित्र रहेका काेराेना संक्रमित करीब २ सय ५० बढी बिरामीहरूकाे लागि अक्सिजन लिक्युडकाे व्यवस्था गरिएकाे छ ।
तर नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित आईसाेलेसन वार्डहरूमा हाल पनि चाहिए जति अक्सिजन ग्यास उपलब्ध नभएकाे अवस्थामा पन्चसिलद्वारा वडा नं. १२ काे आईसाेलेसन वार्डलाई उपलब्ध गराईएकाे ५ थान अक्सिजन ग्यास सिलेण्डरले संक्रमितहरूकाे लागि लाभकारी हुने बताईएकाे छ ।
यसैगरी लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलले
उने केही दिन भित्रै नेपालगन्जमा फुड बैंककाे उद्घाटन गरिने जनाएकाे छ । उक्त फुड बैंकबाट नेपालगन्जका गरिब, मजदुर, असहायहरूकाे लागि खादान्नकाे व्यवस्था गरिने तथा फुड बैंककाे अभियानमा सहयाेगी मनहरूलाई हातेमालाे गर्न अनुराेध गरिएकाे छ ।
