अन्जनी माता रसोईलाई बर्माद्वारा नगद सहयोग
नेपालगन्ज, १७ जेष्ठ – बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा अन्जनी माता रसोई श्रीसुन्दरकाण्ड मित्रमण्डललाई जेष्ठ १७ सोमवार भारत लखनउ निवासी विकास शर्माले समाजसेवी माधवराम वर्मामार्फत रु. ५ हजार १ सय रुपैयाँको सहयोग गर्नु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका तथा श्रीसुन्दरकाण्ड मित्रमण्डलद्वारा सञ्चालित अन्जनी माता रसोई भेरी अस्पताल नेपालगन्जमा कोभिड विरामी र बिरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहाँहरूको लागी बिहान र बेलुकाको खानाको व्यवस्थापन गरिरहेको अन्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी हाल भारत उत्तर प्रदेशको लखनउमा बस्दै आउनु भएको विकाश शर्माले मानव सेवा नै धर्म हो यस किसिमको पुण्य कामको लागी उहाँले नगद रू ५ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ ।
उहाँंले सहयोग गर्नुभएको रकम नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी पत्रकार तथा समाजसेवी माधवराम वर्माले अन...









