Friday, May 15सत्यम खबर
Shadow

लक्षित वर्गलाई योजना प्रक्रियामा सहभागी गराउनमा जोड

नेपालगन्ज ११ जेष्ठ – स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समुदायका लक्षित वर्गका सवाल समेटनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । लक्षित वर्ग अन्तर्गत महिला, बालबालिका, युवा, अपागंता भएका व्यक्ती तथा पछाडी पारिएका समुदायको अर्थपूर्ण सहभागितामा योजना निमार्ण गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले बाँके डुडुवा गाउँपालिकाका जनप्रतिनिधी र नागरिकबिच आज गरेको भर्चुअल छलफलका सहभागिहरुले समुदायमा रहेका समस्यालाई पहिचान गरि त्यसका आधारमा योजना बनाउन सुझाव दिएका थिए । उनीहरुले समुदायको विकासका लागि भौतिक पुर्वाधार मात्र नभई लक्षित वर्गका सवाललाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिंदै योजना तर्जुमा प्रक्रियामा आफुहरुलाई पनि सहभागि गराउनुपर्ने कुरामा जोड दिएका थिए ।


कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्रीले योजना तर्जुमा प्रक्रियाका चरणहरु, योजना छनौटको प्राथमिकता र कार्यन्वयन, कोभिड महामारीका बेला संचालित योजनाको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्दै सहजीकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा उद्देश्यका बारेमा कार्यकारी निर्देशक राकेशकुमार मिश्रले गर्नुभएको थियो भने सहजीकरण कार्यक्रम संयोजक टेकनाथ आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, कर्मचारीहरु, संस्थाद्धारा गठित स्थानीय सभाका पदाधिकारी, र अन्य नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *