Wednesday, April 15सत्यम खबर
Shadow

समस्यामा परेकालाई राहत बितरण गर्दै माइती नेपाल

नेपालगन्ज, १२ जेष्ठ – माइती नेपालले बाँकेमा समस्यामा परेका परिवारलाई खाद्यान्न बितरण शुरु गरेको छ । लकडाउनका कारण नेपालगन्जमा रहेका र समस्यामा परेका परिवार लक्षित गर्दै पहिलो चरणमा खाद्यान्न बितरण शुरु गरिएकोे छ ।

उपमहानगरपालिका स्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समितिको सहकार्यमा आर्थिक तथा विपन्न वर्गको परिवार ज्येष्ठ नागरिक, अपांङ्गता, वयस्यक मनोरञ्जन क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारी मजदुरी गर्ने नेपालगन्जका बिभिन्न टोलहरुमा रहेका व्यक्तिहरूलाई खाद्यान्न सहयोग बितरण गरिएको छ ।

माइती नेपाले पहिलो चरणमा २० जनालाई लक्षित गरेर खाद्यान्न बितरण शुरु गरेको छ । ज्याला मजदुरी गरेर खाने परिवार र भाडामा बस्ने त्यस्ता परिवारलाई लक्षित गरी हामीले थोरै राहत होस भनेर खाद्यान्न बितरण शुरु गरेका छौं, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताउनुभयाे ।

लकडाउनले दैनिक मजदुरी गर्ने परिवार अहिले समस्यामा पर्न थालिसके, उहाँले भन्नुभयो, त्यस्तो समस्या भएका परिवारलाई यो बेला झन कठिनाईको सामना गर्न परिरहेका छ, त्यस्तालाई हामीले सहयोग गछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *