
नेपालगन्ज, २६ श्रावण – जनमत पार्टी जिल्ला समन्वय समिति बाँकेले ईस्लामिक नयाँ बर्ष १४४३ काे शुभकामना दिएकाे छ ।
बाँके जनमत पार्टीकाे जिल्ला समन्वय समिति कार्यालय चारबाहिनीबाट सरेर हाल वडा प्रहरी कार्यालयकाे पछाडी पट्टि भएकाे जानकारी गराउँदै ईस्लामिक नयाँबर्ष १४४३ काे शुभ अवसरमा समस्त देशबासी लगायत बाँकेबासीलाई शुभकामना दिएकाे जनमत बाँकेका उपाध्यक्ष जाबिर हलवाईले जानकारी गराउनुभयाे ।
उपाध्यक्ष हलवाईका अनुसार जनमत पार्टी जिल्ला समन्वय समिति कार्यालयलाई केन्द्रले मान्यता दिएकाे छ । बाँकेमा दुईटा पार्टी कार्यालय नरहेकाे तथा आम बाँकेबासीहरू भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।
जनमत पार्टी जिल्ला समन्वय समिति बाँकेमा केन्द्रबाट कार्यकारिणी पदाधिकारीहरुमा अध्यक्षमा प्रहलाद यादव, उपाध्यक्षद्वयमा माे हुसेन खान, जाविर हलवाई, सचिवमा राजितराम बर्मा लगायत ७ जनाकाे समिति चयन भएकाे उपाध्यक्ष हलवाईले जानकारी गराउनुभयाे ।
