Saturday, April 18सत्यम खबर
Shadow

नागरिक अभियान बारे छलफल, नयाँ रणनिति तय

नेपालगन्ज, ३० श्रँवण – नागरिक स्तरबाट सार्वजनिक सरोकारका साझा सवाललाई उठान गरि समास्या समाधानका लागि बाँकेमा भईरहेका पहलका बारेमा छलफल गरि थप रणनिति बनाइएको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित छलफल कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले जिल्लाका समस्याप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा केही सुधार भएको बताएका थिए । उनीहरुले सार्वजनिक सरोकारको सवालामा उच्च अदालतमा दयार गरिएको मुद्दाबाट भएको आदेशको पुर्ण कार्यान्वयनमा अझै समस्या रहेको भन्दै सरोकारवाला निकायलाई सोको कार्यान्वयनका लागि आग्रह समेत गरेका थिए ।


छलफलमा बाँकेमा कोभिड संक्रमणको व्यवस्थापन, विभिन्न ज्ञापन तथ ध्यानाकर्षण, अदालतमा दायर गरिएको रिटमाथीको आदेश, दबाब जस्ता कार्यक्रमले सुधार तथा परिवर्तन ल्याएकोले नागरिक समाजको भुमिका प्रभावकारी रहेको ठहर गरिएको थियो । जिल्लाका विभिन्न सवाललाई निरन्तर रुपमा उठाउँदा सबैको सहयोग तथा खाँचो आवश्यक रहेको कुरा औंल्याइएको थियो ।
बैठकमा सार्वजनिक सरोकारका मुद्दामा हुने अदालतको आदेशको कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल गर्ने, आमाको नामबाट नागरिक प्रदान वितरण, नागरिक समाजबाट भएका प्रयासहरुको उपलब्धी लगायतका विषयमा आगामी रणनिति समेत तयार गरिएको आयोजक संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार बैठकमा भेरी अस्पतालमा कोभिड व्यवस्थापनको अवस्था, हालसम्म भएका विभिन्न सहयोग तथा सामाग्रीको विवरण र उपचारका समस्या तथा समाधानका उपाय लगायतका विषयमा जानकारीका लागि सूचना माग गर्ने पनि निर्णय भएको छ ।


बैठकमा नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, बाँके जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, मानव अधिकार संगठन बाँके अध्यक्ष प्रहलादबहादुर कार्की, कानून पत्रकार समाजका अध्यक्ष लोकबहादुर शाह, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य सुर्यलाल यादव, फियानका क्षेत्रीय संयोजक सुरेश गौतम, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, मानवअधिकार एलाइन्सका प्रभातसिंह ठकुरी, इन्सेकका विनोद पाण्डे, नागरिक समाजका अभियन्ता विश्वजित तिवारी, बलबहादुर चन्द, कृष्णमुरारीप्रसाद भटट, शैलेन्द्र बैश्य लगायतको सहभागिता रहेको थियो ।
आइएचआरसीको नेतृत्वमा रहेको नागरिक समाजका अगुवाहरुको समुहले जिल्लामा भएका विभिन्न सवालहरुप्रति निरन्तर रुपमा खबरदारी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *