Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

एमसीसी आएपछि नेपाललाई चर्को ब्याजमा ऋण दिएर कब्जामा राख्न नसकिने चीनको चिन्ता, रोक्न यस्तोसम्म गर्दैछ

एमसीसी आएपछि नेपाललाई चर्को ब्याजमा ऋण दिएर कब्जामा राख्न नसकिने चीनको चिन्ता, रोक्न यस्तोसम्म गर्दैछ

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ असोज – अहिले नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीको विरोध भइरहेको छ । नेपालमा बीआरआई परियोजनाको एकछत्र राज बनाउन खोजिरहेको चीनको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नतामा एमसीसीको राष्ट्रघाती सम्झौता हो भन्ने भाष्य सिर्जना गरेर बनावटी विरोध भइरहेको छ ।तर यथार्थ के हो नेपाललाई चर्को ब्याजदरमा ऋण दिएर आफ्नो वर्चश्व कायम गर्न सफल चीन अमेरिकी अनुदान आउँदा त्यो वर्चश्व फुत्किने चिन्तामा छ । मित्रभन्दा पनि हरेक सेक्टरमा व्यापारी व्यवहार गर्ने चीनले नेपाललाई चर्को ब्याजदरमा राखेको छ । यस्तै ब्याज तिर्न नसकेर श्रीलंका टाट पल्टिएको थियो । पछि ऋण तिर्न नसकेपछि पुरै परियोजना नै चीनले कब्जा गरेको थियो ।नेपालमा पनि ३ प्रतिशतसम्म चर्को ब्याज दिएर ऋणमा डुबाउने र दबाब तथा कब्जामा पारेर आफ्नो व्यापारिक तथा रणनीतिक स्वार्थ सिद्ध गर्ने चिनियाँ रणनीति छ । तर अमेरिकी अनुदान एमसीसी आयो भने यो रणनीतिमा धक...
प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम शनिबार हुने

प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम शनिबार हुने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज–७ ले भोलि शनिबार बिहान १० बजे भेला कार्यक्रमको आयोजना गर्ने भएको छ ।प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान केही वर्ष अघि विधिवत दर्ता भई विभिन्न सामाजिक सेवा कार्य गर्दै आएको छ । यस प्रतिष्ठानको अध्यक्ष समाजसेवी नन्दलाल वैश्य रहेका छन् । अहिलेसम्म प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य नियमित रुपमा गर्दै आएको छ । फाईल फोटो प्रतिष्ठानको स्थापनाको लागि स्व. श्रीरामगोपाल वैश्यको छोरा अजयकुमार गुप्ताले आफ्नो बुवाको स्मृतिको लागि १ लाखभन्दा बढी रकम अक्षय कोष स्वरुप प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । तर वर्तमान समयमा उक्त रकम अध्यक्ष नन्दलाल वैश्य र शैलेन्द्रकुमार वैश्यको नाममा संयुक्त बचत खाता एनआईसी एसिया बैंकमा जमा रहेको छ ।सो रकम प्रतिष्ठानको नाममा राख्ने उद्देश्य लि...
मधेश मिडिया मिशन नेपालको जिल्ला भेला भोलि शनिबार हुने

मधेश मिडिया मिशन नेपालको जिल्ला भेला भोलि शनिबार हुने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ असोज – मधेश मिडिया मिशन नेपालगन्ज बाँके जिल्ला कार्य समितिको जिल्ला भेला भोलि शनिबार बिहान ८ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ महेन्द्र पार्क (मिनि जु–पार्क) नजिक रहेको किन्नुराम काशीराम पञ्चायती धर्मशालामा आयोजित हुने तयारी पुरा भएको छ ।बाँके जिल्लामा मधेश मिशन नेपाल दशकौदेखि कार्य गर्दै आईरहेको छ । संस्था केही दिनदेखि निस्कृयपूर्ण थियो । अहिले मधेश मिडिया मिशन नेपाललाई पुनः सक्रिय पार्न यहाँका संचारकर्मी लागी परेका छन् । विगत समयमा मधेश मिडिया मिशन नेपालको अध्यक्षमा कृपाराम वाडिया भएका थिए भने केही समयसम्म चन्द्रशेखर पाण्डे अध्यक्ष भएर कार्य गरेको देखिन्छ । अहिले मिशन नेपाललाई सक्रिय पार्न भेला कार्यक्रमको आयोजना गरिएको छ ।यस भेलाबाट नयाँ कार्यसमितिको चयन गरिनेछ । कार्यक्रम बीच अध्यक्ष चन्द्रशेखर पाण्डेको सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी गराईएको छ । कार्...
नि:शुल्क आँखा शिविर सम्पन्न, ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध

नि:शुल्क आँखा शिविर सम्पन्न, ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज - फत्तेबाल आँखा अस्पताल र तेज कोहली रूइत फाउण्डेशनको संयुक्त सहकार्यमा नि:शुल्क आँखा शिविर आज विहिबार सम्पन्न भएको छ । उक्त स्वास्थ्य चाैकी हिरमिनियामा सञ्चालन गरिएकाे निःशुल्क शिविरमा १ सय ४६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ३६ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल फुल्टेक्रामा रिफर गरिएको प्रबन्धक काैशलकुमार बर्माले जानकारी गराउनु भयाे । प्रबन्धक बर्माले दिएकाे जानकारी अनुसार पहिलाे चरणको बृहत नि:शुल्क आँखा शिविर कारागार कार्यालय नेपालगन्जबाट शुरू भई बालसुधार गृह अस्मानपुर र भाद्र २३ गतेदेखि असोज ७ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा सञ्चालन गरिएकाे बताउनु भयाे । उक्त नि:शुल्क आँखा शिविरमा ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ७ सय २६ जनाको नि:शुल्क मोतिब...
टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान !!

टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान !!

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डाै, ७ असाेज - यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री देउवाले सरकारी टेलिभिजनले समावेशी नीति अनुसार राज्यका सबै अनुहारको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कपिलवस्तु संवाददाता बर्मालाइ रु ५१ हजारको राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सूचना तथा संचार प्रबिधी मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्यालले सुचना प्रवाहमा छरितोपना आउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दिपक जङ्ग हमालले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दै पत्रकारलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्न व्यवस्था म...
हुम्लावासी भन्छन्–चीनियाँ हेपाहा प्रवृत्ति अती भयो, अजिङ्गरले भूमी निल्यो

हुम्लावासी भन्छन्–चीनियाँ हेपाहा प्रवृत्ति अती भयो, अजिङ्गरले भूमी निल्यो

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ असोज – ०७७ असोज पहिलो साता हुम्लाको सीमावर्ती क्षेत्रमा चीनले भवन बनाएको विषयले राष्ट्रिय राजनीति तरंगित भयो। नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चामा नेपालीले वस्तुभाउ चरिचरण गराउँदै आएको ठाउँमा चिनियाँ पक्षले भवनहरू बनाएको र त्यो क्षेत्रमा नेपालीलाई प्रवेश निषेध गरेको विषय चर्चामा थियो।भदौको दोस्रो साता नाम्खा गाउँपालिका ६ मा विकासका योजना अनुगमन गर्न पुगेका हुम्लाका सहायक सिडिओ दत्तराज हमाल र गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङ (लामा)ले चीनले नेपाली भुमी मेचेको भन्दै मिडियामा सुचना चुहाए ।लाप्चावाट मानसरोवरको स्पष्ट देखिने भएकैले योजनाको अनुगमनपछि उनीहरु त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा चीनियाँ पक्षले बनाएका भवन पनि दुरूस्तै देखिए। पहिला जाँदा दुइटा मात्रै भवन देखेका अध्यक्षले अहिले धेरै वटा घर देखेपछि चासो देखाए । स्थानीयले पनि अहिले आफूहरूलाई त्यहाँ जान दिदैँनन् भनेपछि ...
नेपाल-भारत मैत्री मञ्चद्वारा रक्तदान

नेपाल-भारत मैत्री मञ्चद्वारा रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नेपाल-भारत मैत्री मञ्चद्वारा शनिबार बुढानिलकण्ठमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंचले नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराइड सेन्टरको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मंचका अध्यक्ष नरेशप्रसाद बास्कोटाका अनुसार रक्तदानमा ३६ जनाको सहभागिता थियो । जसमा महिलाहरुको अत्यधिक थिए ।कार्यक्रममा बुढानिलकण्ठका मेयरलगायत समाजसेवी र स्थानीय थिए ।...
नेपाल सरकारले सीमा अतिक्रमण भएको पुष्टी गरे चीनले मिसाइल हान्ने धम्की

नेपाल सरकारले सीमा अतिक्रमण भएको पुष्टी गरे चीनले मिसाइल हान्ने धम्की

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ असोज – ०७७ असोज पहिलो सातादेखि नेपाल–चीन सिमानामा विवाद रहेको विषय सार्वजनिक भयो। हुम्लाको नाम्खा गाउँपालिका– ६ मा चीनले नेपाली भूमि मिचेर भौतिक संरचना वनाएको भन्दै सुरु भएको विवाद अझै साम्य भएको छैन।हुम्लाको सीमामा अवस्थित ११ र १२ नम्वर पिल्लरको आसपासमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले चीनसँगको सीमामा कुनै विवाद नरहेको र चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएका थिए। तर, कतिपय सांसदहरुले नै सरकारको प्रष्टिकरण झुठो भएको भन्दै आलोचना गर्दै आएका छन् ।यही विचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदले चीनसँगको सिमा विवाद समाधानका लागि भन्दै ‘अध्ययन समिति’ वनाउने निर्णय गर्यो । सरकारको यो निर्णयसँगै चीनसँगको सीमा विवाद थप पेचिलो भएक...
नेपालका परराष्ट्रमन्त्रीलाई भारतका विदेशमन्त्रीको बधाई

नेपालका परराष्ट्रमन्त्रीलाई भारतका विदेशमन्त्रीको बधाई

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ७ असोज – नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त भएकामा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गरेका छन्।सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उनीसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन्। यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट बताए। संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्दै छन्।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका...
भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ७ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ ।डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।वीरगञ्जका व्यवसायीले प्रधानमन्त्री कार्यालय मै पुगेर तत्काल सीमानाकाबाट निजी सवारी साधनको आवतजावत खोलेर होटल र पर्यटन व्यवसायलाई जोगाउन माग गरेका छन् । व्यवसायीको ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमानाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनु भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।कोरोना महामारी नियन्त्रणका लागि डेढ वर्षअघि रोकिएको निजी सावारी साधनको आउजाउ अहिलेसम्म नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन...