
बारेकाेट, १५ असाेज – बिद्यालय भवनको पर्खालबाट ढुंगा खसेर ८ जना वालबिकासका विद्यार्थी र १ जना शिक्षक घाईते भएका छन ।
बारेकोट गाउँपालिका वड नं २ स्थित बिरेन्द्र एश्वर्य प्राथमिक विद्यालयको बाल बिकास ब्लकको पर्खालबाट ढुंगा खसेर एक शिक्षक सहित ३ छात्रा र ५ जना छात्र घाईते भएका हुन ।
स्कुल पढ्न गएका बाल बिकासका विद्यार्थीको कोठामा ११ बजे ढुंगा खसेपछि विद्यार्थीहरु घाइते भएको र उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार भैरहेको स्थानीय जयराज गिरिले बताए । उनले घाईते मध्य ७ जनालाई सामान्य चोट लागेको र २ जनाको गम्भीर अवस्था रहेको जनाएका छन ।
स्थानीय द्वारा निर्माण गरिएको बाल बिकास केन्द्र द्वन्द्वकालमा युद्धमा घाईते भएकाहरुको उपचार गर्ने केन्द्रका रुपमा प्रयोग गर्ने गरिएकाले तत्कालीन माओवादीले उक्त भवन बनाईदिने भनिएतापनी नबनाईएको स्थानीयहरुले गुणासो ब्यक्त गरेका छन । नयाँ ब्लकका लागी सम्बन्धित निकायमा ४/५ पटकसम्म फाईल पेस गर्दा पनि बाल बिकास केन्द्रको नयाँ ब्लक पर्न नसकेको स्थानीयले बताएका छन् ।
