आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु
नेपालगन्ज, २८ जेष्ठ – प्रथम नगर मावि स्तरीय मेयर कप महिला÷पुरुष भलिबल प्रतियोगिता–२०८२ आज बुधबारदेखी नेपालगन्जमा शुरु भएको छ । पुर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई सहयोग गर्दै आएको बताएका छन् ।
पुर्व खेलाडी समाज सक्रिय भएर खेलकुद प्रतियोगिता गर्दा नयाँ खेलाडी उत्पादन हुने उनको विश्वास छ । समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपा...









