
नेपालगन्ज, २८ जेष्ठ – बर्दियाको ठाकुरबाबा नगरपालिका सैनवारको संरक्षत्वमा, प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको सहयोग र समन्वयमा १४ औं बृहत रक्तदान कार्यक्रम–२०८२ जेष्ठ २७ गते मंगलवार सम्पन्न कार्यक्रममा १ सय ४ जना रक्तदान गरेका छन् ।
२२ औं बिश्व रक्तदाता दिवसको अवसरमा “रगत दिऔं आशा जगाऔं :– सबै मिलेर जीवन बचाऔं” भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका प्रमुख तिलकराम लम्साल उपप्रमुख बीनाकुमारी भट्टराई, स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेमप्रसाद लम्साल, प्रगती बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बिजय शाह, कोषाध्यक्ष देबीप्रसाद देवकोटा लगायतले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, महेश रानाक्षेत्री, पवित्रा जैसीलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारु प्रतिकद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका प्रमुख तिलकराम लम्साल ७ पटक, उपबीनाकुमारी भट्टराई १० पटक, स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवालीले एक–एक पिन्ट रगतदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
यसरी उक्त रक्तदान कार्यक्रममा राधाकुमारी चौधरी, लोकेन्द्रबहादुर बोहरा, कालुराम थारु, घनश्याम रिजाल, श्रीराम चौधरी, फुलराम थारु, असीम, चन्द्रकान्त लम्साल, रबिन तिवारी, मगरु थारु, रमेश थारु, चन्द्र कुमारी बोहरा, प्रमोद थारु, सूर्यबहादुर खत्री, नवराज रानामगर, अमितकुमार थारु, मनबहादुर थारु, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था के केन्द्रीय सदस्य चन्द्रमणि पौडेल ४० पटक, बिष्णुकुमारी खत्री, चूडामणि चौधरी, अन्जु, मोतीराम थारु, काली थारु, अंगानु थारु, सीताकुमारी थारु, बिष्णुप्रसाद न्यौपाने, नेपाल स्यंसेवी रक्तदाता समाज बाँकेको सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल १०४ पटक, हिमाल रावल, तिलकप्रसाद गडतौला, गोबिन्द प्रसाद थारु, अर्पण थारु, राजु थारु, पुष्करकुमार सोनम, सुन्दरी चौधरी, नारायणप्रसाद उपाध्याय, भीमप्रसाद ढकाल, कृष्णकुसुम थारु, नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाका प्रतीक गडतौला, हरिराम थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारु प्रतिक ३६ पटक, जिल्ला सदस्य चल्टुराम थारु, २४ पटक, सूरज थारु, बलबहादुर रत्गैया, बिमलकुमार खत्री, अशोककुमार थारु, उमेश रत्गैया, मनिष थारु, जीवन कुमार कुशमा, सुनील थारु, फूलमती थारु, मेलिना कुँवर, सुदिप रत्गैया, बिष्णु थापा क्षेत्री, सोनम थारु, चुरे माध्यमिक बिद्यालय बगनहाका प्रधानाध्यापक राजेशकुमार यादव, धनप्रसाद न्यौपाने, मेलिना श्रेष्ठ, अनुराज थारु, फत्तेहसिंह थारु, अनिलकुमार थारु, हरिन्द्रराज जोशी, निमराज खनाल, प्रमोदकुमार थारु, पुष्पराज श्रेष्ठ, अर्जुनकुमार थारु, शैलेशकुमार बोहरा, नगशु थारु, हरिन्द्रराज शर्मा, लीलाराम खनाल, बीरेन्द्र रावत, धु्रवराज बम, धनबहादुर रत्गैया, इन्द्रबहादुर थारु, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँका महासचिव गोपाल निरौला, प्रकाश थापा, उमाँगु दहित, जगबीर सिंह बिक, पूर्णबहादुर थापा, ललितकुमार थारु, अन्तरानी थारु, राजाराम थारु, टिकुराम थारु, नबिन जैसी, शुकबहादुर थारु, गीता रोकाया, कृतिका बिक, मधु रोकाया, राजेश थापा, बिक्रम श्रेष्ठ, गोपाल प्रसाद उपाध्याय, चर्चित कलाकार खगेन्द्र नेपाल १६ पटक, अनुराग शाह, करुणा थारु, महेशकुमार ढुंगाना, बिक्रम पौडेल, कृष्णबहादुर थारु, रमेश रत्गैया, सबिता थारु, दिपसना थारु लगायतले रक्तदान गरेका छन् ।
सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्दीय सदस्य प्रेमप्रसाद लम्साल ७३ पटक र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले १ सय ४ पटक रक्तदान गर्नुभएकालाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको छ ।
सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेमप्रसाद लम्साल बर्दिया जिल्लाभरि रक्तदान कार्यक्रममा गराउनमा उहाँको ठूलो योगदान रहेको छ । ठाकुरबाबा नगरपालिका सैनवारका कर्मचारी, सहकारीका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, महेश रानाक्षेत्री, पवित्रा जैसी, बैकुष्ठ रेग्मी, बीरेन्द्र योगी, नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख” उपशाखा सानोश्रीका रामकुमार वर्मा, अक्षयकुमार चौधरी, नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाका प्रतिक गडतौलाले प्राविधिकमा अन्यामा प्रगती बचत तथा ऋण सहकारी संस्था लि, ठाकुरबाबा नगरपालिका वार्ड नं.३ का फत्तेहसिंहथारु, फूलमति थार, पार्वती खनाल, अनिता थारु, अशोककुमार थारु, भ्रम कुमारी शाही, बिमलकुमार खत्री, नारायणप्रसाद उपाध्याय, धन बहादुर रत्गैया, सुनिता थारु, जुल्फी थारु, मेलिना कुँवर लगायतले सहयोग गरेका थिए ।