Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

आजबाट स्वास्थ्यकर्मीलाई सूचना प्रणाली तालिम

आजबाट स्वास्थ्यकर्मीलाई सूचना प्रणाली तालिम

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३ कार्तिक - खजुरा गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन एड, भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँके र केयर नेपालको आर्थिक सहयोग तथा स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमको प्राविधिक सहयोगमा खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि ४ दिने स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम आजबाट शुरु भएको छ । सो ४ दिने तालिममा स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीको बारे जानकारी, तथ्याङ्क इन्ट्री गर्ने तरिका, तथ्याङ्कको विश्लेषण, तथ्याङ्कको प्रस्तुतीकरण र तथ्याङ्कको सही प्रयोग बारे प्रशिक्षण गरिने बी–ग्रुपका फिल्ड सुपरभाईजर सम्झना चौधरीले जानकारी दिनुुभयो । सो ४ दिने तालिमको सहजीकरण स्वास्थ्य कार्यालय, बाँकेका मलेरिया इनिस्पेक्टर निरिक्षक दुर्गा गौतम र नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक सरोज रिमालले गरिरहनु भएको बी–ग्रुपका लेखा अधिकृत वेद दिक्षितले जानकारी गराउनुुभयो...
डुडुवामा घरदैलो व्यक्तीगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु

डुडुवामा घरदैलो व्यक्तीगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ३ कार्तिक - बाँके डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तीगत घटना दर्ता प्रमाणपत्र वितरणको दोस्रो चरणको अभियान शुरु गरेको छ । आज बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडा नं.२ सन्तलिया गाउँका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्रको विवरण संकलन फारम प्रदान गर्दै अभियानको शुभारम्भ गर्नुभयो । अभियानको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पुर्याउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ताको विवरण संकलन शुरु गरिएको बताउनुभयो । घरदैलौ अभियानमार्फत विवरण संकलन गरेर अनलाइनमा दर्ता गरि पुनः प्रमाणपत्र बनाएर घर घरमा पुगेर वितरण शुरु गरिने गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख एम आइ एस अपरेटर कौशल कुमार कैरातीले बताउनुभयो । गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा न...
वन मन्त्री हमालको सम्मान

वन मन्त्री हमालको सम्मान

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३ कार्तिक – नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीको नाताले नेपालगन्जको विकास निर्माणमा प्राथमिकता दिन लुम्विनी प्रदेशका वन, वातावरण तथा भू–सरक्षण मन्त्री सुरेन्द्र हमाललाई अनुरोध गरेको छ ।नेपालगन्ज उपमहानगरपालिकाले मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणाले यसअघि प्रदेश सरकारले नेपालगन्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताउनुभयो । नेपालगन्जमा रहेका तालहरुको स्तरउन्नती गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुख राणाले प्रदेश सरकारबाट ठुलो अपेक्षा राखिएको बताउनुभयो ।उपप्रमुख उमा थापा मगरले नेपालगन्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री हुनु नेपालगञ्जबासीकै लागि अवसर भएको भन्दै हम...
मोदीद्वारा कुशीनगर विमानस्थल उद्घाटन, नेपालको गौतम बुद्ध विमानस्थलमा चिनियाँहरूको वितण्डा

मोदीद्वारा कुशीनगर विमानस्थल उद्घाटन, नेपालको गौतम बुद्ध विमानस्थलमा चिनियाँहरूको वितण्डा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काडमाण्डौ, ३ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार उत्तर प्रदेशको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । भगवान् गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर बौद्ध धर्मालम्वीहरुका लागि पवित्र स्थल हो ।विश्वभरका बौद्ध धर्मालम्बीहरुलाई लक्षित गर्दै भारतले सन् २०२० कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरेको थियो । त्यसको एक वर्ष मै उक्त विमानस्थल सञ्चालनमा आएको हो भने, उद्घाटनपछिको पहिलो अवतरण श्रीलङ्काली जहाजले गरेको छ । श्रीलङ्का, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र सिंगापुरबाट आउने बौद्ध धर्मावलम्बीलाई यो विमानस्थलले सहजता प्रदान गर्ने छ । कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भारु २ सय ६० करोड खर्च भएको बत्ताइएको छ ।भगवान् गौतमवुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ नेपालमा निर्माण सु...
बाढीपहिरोले मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ सम्पर्क विहीन

बाढीपहिरोले मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ सम्पर्क विहीन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३ कार्तिक – केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयकी विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्क विहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ । अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालीकोटमा एक, डडेल्धुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिइन् । उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएको बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्दार गरिएको छ ।प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रा...
छानबिन समिति गठन भएपछि रूबी खानले तोडिन् अनसन

छानबिन समिति गठन भएपछि रूबी खानले तोडिन् अनसन

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन् ।मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा अनसन तोडेकी छन् ।उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन् ।सरकार र रूबी खानबीच छानबिन समिति बनाउने लगायत विषयमा त्रिवि शिक्षण अस्पतालमा सहमति भएको थियो । खान विगत १२ दिनदेखि अनसनरत छिन् । सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिल...
सोमबार आएको हावापानीले ६० हजार मेट्रिकटन धान बर्बाद

सोमबार आएको हावापानीले ६० हजार मेट्रिकटन धान बर्बाद

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
झापा, २ कार्तिक – सोमबार रातीदेखि लगातार आएको हावापानीले झापामा कम्तीमा ६० हजार मेट्रिकटन धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।किसानका खेतमा धानको बोट पसाएको, पोटाएको र पाकिसकेको धान पानीमा चुर्लम्म डुब्दा उत्पादन खेर जाने केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले बताएका छन् । चामल पसाएको र पोटाएको धानको बोट हावाले ढालेका कारण उत्पादनमा भारी गिरावट आउने जानकारी दिएका छन् । झापामा ८६ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो । उनका अनुसार हावापानीले १३ हजार हेक्टरभन्दा बढी धान बाली भुइँमा लपटिएको अवस्थामा छ । झापामा १६ प्रतिशत धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।धान रोपाइँ र क्षतिको विवरण हेर्दा एकै दिनको हावापानीले ६० हजार मेट्रिकटन धान सड्ने अवस्थामा पुगेको भट्टराईले बताएका छन् । पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा सुकाउन पाँजा बनाएर राखिएको ...
मुस्लिम समुदायको जश्ने ईद मिलादुन्नबी हर्षोल्लासका साथ सम्पन्न

मुस्लिम समुदायको जश्ने ईद मिलादुन्नबी हर्षोल्लासका साथ सम्पन्न

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
ताहिर शेष राई (साहिल)नेपालगन्ज – २, कार्तिक – ईस्लाम धर्मावलम्बीको अन्तिम प्रवक्ता अर्थात पैगम्बर हजरत मोहम्मद (स.अ.) को शुभ जन्म ज्यन्तीको अवसरमा हर्षोल्लासका साथ नेपालगन्जमा जश्ने ईद मिलादुन्नबी सम्पन्न भएको छ । मंगलबार बिहान करीब जामा मस्जिदबाट निस्केको जुलुसे मोहम्मदी नगर परिक्रमा गरि गौसिया मस्जिद पुगि समापन गरिएको थियो ।इस्लामिक पात्रो अनुसार तेस्रो महिना रविउल्ल अवलको १२ तारिखका दिन नेपाली मुस्लिम सहित विश्वका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएका छन । इस्लाम धर्मका अन्तिम प्रवक्ता अर्थात पैगम्बर ‘हजरत मोहम्मद’ साहवको जन्म साउदी अरबको मक्का शरीफमा बिबी आमिनाको कोखबाट भएको थियो ।...
मोहम्मद डेकाे तयारी पुरा, सरकारले दियो सर्वजनिक बिदा

मोहम्मद डेकाे तयारी पुरा, सरकारले दियो सर्वजनिक बिदा

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
ताहिर शेष राईनेपालगन्ज - १, कार्तिक - ईस्लाम धर्मावलम्बीको अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ.)को शुभ जन्मज्यन्तीको अवसर पारेर नेपालगन्जमा हर्षोल्लासका साथ जुलुसे मोहम्मदी निकालिने तयारी पुरा भएको छ । मंगलबार बिहान ७ बजे जामा मस्जिददेखि मोहम्मदी जुलुस शुरु भइ फुल्टेक्रा, डी.एस पी. रोड, एम.पिस स्कुल, त्रिभुवन चौक, बिपि चौक, धम्बोझी चौक, घरबारी टोल र त्रिबेणीमोड हुँदै गौसिया मस्जिद अगाडी समापन गरिने जामा मस्जिद ईदगाह सञ्चालक समितिले जानकारी गराएकाे छ । आज मुस्लिम समुदायले ईस्लामिक परम्परा अनुसार दीप प्रजव्वलन र गाउँटोल झिलिमिली गरि रात्रभरि जागरण गरि घर-घरमा मिलाद पढ्ने, नमाज पढिने र सामुहिक रूपमा धार्मिक कार्यक्रमहरु समेत गरिने धार्मिक अगुवाहरू बताउँछन् । इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक का...
रामलीलाको परम्परा लोप हुँदै गएकोमा सबैतर्र्र्फबाट चिन्ता व्यक्त

रामलीलाको परम्परा लोप हुँदै गएकोमा सबैतर्र्र्फबाट चिन्ता व्यक्त

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – नेपालगन्जको रामलीला देशभरी नै विख्यात छ । रामलीलाको स्थापनाको लागि स्व. सरजुनाथ विशेश्वरप्रसाद टण्डन लगायतले दिनु भएको योगदानको कारण यसको छुट्टै इतिहास यहाँ बन्न गएको छ । १ सय १५२ वर्षदेखि नेपालगन्जमा निरन्तर रुपमा रामलीला नाटकको मंचन हुँदै आएको थियो । तर २०७७ मा कोरोनाको संक्रमण फैलेपछि यसको आयोजन गर्न सकिएन यस पटक १५४औं रामलीलाको मंचन हुने आशा गरिएको थियो । तर रामलीला सञ्चालक समितिले कोरोनाको बहानामा कार्यक्रमको आयोजन नगर्दा रामलीलाको परम्परा लोप हुँदै गएको छ यसबाट सर्वत्र चिन्ता पैदा भएको छ । फोटोः गुगल भन्ने गरिन्छ धर्म संस्कृति सभ्यता परम्परा र देव भाषा संस्कृतको लोप भयो भने हाम्रो अस्तित्व नै हराउँछ यस कारण रामलीला जस्तो कार्यक्रमलाई लोप हुन नदिन सबै सचेत र सजग हुनुपर्ने जरुरी छ । नेपालगञ्जमा श्रावण महिनामा हुने नाग पंचमी (गुडिया पर्व) मा कुश्ती दंगलको का...