Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

बस पल्टिँदा ४२ जना घाइते

बस पल्टिँदा ४२ जना घाइते

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नवलपरासी (बर्दघाट सुस्तापूर्व), १ कार्तिक – नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्। नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस आज दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। फाईल फोटो पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको हो। उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उनले बताए। (रासस)...
मन्त्री अथक भेटघाट तथा कार्यक्रममा ब्यस्त

मन्त्री अथक भेटघाट तथा कार्यक्रममा ब्यस्त

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
ताहिर शेष राईनेपालगन्ज, १ कार्तिक – मन्त्री भएपछि पहिलो पटक दशैं मनाउन गृह जिल्ला बाँके आएका नेकपा माओवादी केन्द्र क्षेत्र नं. १ का सांसद तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक दशैं संग–संगै विभिन्न भेटघाट, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ब्यस्त रहँदै आएका छन् । आईतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र वाइसीएल नेपाल बाँकेले संयुक्त रूपमा आयोजना गरेको नवनियुक्त माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले भन्नु भयो –‘बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छु ।’ उहाँले भन्नू भयो – ‘युवा लगा...
चीनद्वारा पहिलो पटक परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण

चीनद्वारा पहिलो पटक परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, (डेस्क) १ कार्तिक - चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै उक्त्य विषयको खुलासा गरेको हो। चीनले पहिलो पटक उक्त क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको छ । बेलायती अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको तल्लो कक्ष वरिपरी घुमेको थियो। चीनले अत्याधुनिक र महत्वकांक्षी मानेको उक्त परियोजना लक्ष्यमा नपुग्दै असफल भएको जनाइएको छ । चीनले पहिलो पटक गरेको उक्त परीक्षणप्रति अमेरिकी गुप्तचर संस्था हैरान बनेको जनाइएको छ । चीनले हाइपरसोनिक क्षेप्यास्त्रमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने कदम चालेको थियो। रुस र अमेरिकाले समेत अत्याधुनिक प्रविधि र परमाणु क्षमतावान् क्षेप्यास्त्र निर्माणमा प्रयास गरिरह...
बाँकेलाई नयाँ उचाईमा पुर्‍याउनेछु : मन्त्री अथक

बाँकेलाई नयाँ उचाईमा पुर्‍याउनेछु : मन्त्री अथक

CoVid19, आस्था, खेल, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ३१ असाेज - नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने बताएका छन् । आईतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्त रुपमा नवनियुक्त मन्त्रीलाई गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छु’ – मन्त्री अथकले भने ‘युवा लगायत खेलकुद क्षेत्रका समस्याहरूलाई समाधान गर्न लागि पर्नेछु । कसरी हुन्छ साथिभाई र खेलकुद क्षेत्रका विज्ञको सल्लाह सुझाव अनुसार यो जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउनेछु ।’ उनले युवालाई स्वरोजगार बनाउने,...
आजबाट टी–ट्वान्टी क्रिकेट विश्वकप

आजबाट टी–ट्वान्टी क्रिकेट विश्वकप

CoVid19, आस्था, खेल, विदेश, समाचार
काठमाण्डौ, ३१ असोज – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा विश्वकप आयोजना हुन लागेको हो । खेल उद्घाटनको दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।...
आज भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

आज भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ असोज – भारतमा सञ्रुचालित नेशनल डिफेन्स कोर्ष २०२१ को भ्रमण दलले नेपाल भ्रमण गर्ने भएका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको ३९ सदस्यीय भ्रमण दलले असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्न लागेको हो । भ्रमण टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् । विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा सञ्चालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्र राष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको छ । छिमेकी मित्र राष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद...
‘नेपाललाई खेलाडीको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने’- मन्त्री अथक

‘नेपाललाई खेलाडीको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने’- मन्त्री अथक

CoVid19, आस्था, खेल, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३० असाेज - गृह जिल्ला पुगे लगत्तै छुट्टिकाे बेला समेत अति व्यस्त रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) बाँकेका पत्रकारहरूसँग सुझावसहितकाे अन्तरक्रिया सम्पन्न गरेका छन् । दशैंसँगै विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागी हुँदै आउनु भएका मन्त्री अथकलाई आज शनिबार नेपालगन्जमा बधाई, अभिनन्दन तथा अन्तरक्रिया सम्पन्न गरिएको छ । प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको कार्यक्रममा मन्त्रि अथकले सबैको सुझाव, परामर्श अनुसार आफु अगाडी बढ्ने भन्दै नेपाललाई अब खेलाडीको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी काम गरिने प्रतिबद्धता गर्नु भएकाे छ । बाँकेमा क्रियाशिल पत्रकारहरुका बीचमा, मन्त्री अथकले भन्नुभयो, ‘सरकारका साझा नीति तथा कार्यक्रम छन, ३ बर्षमा खलबलिएको ब्यवस्थालाई सुधार गरी राजनीति तर्फ जनताको विश्वास जगाउनुका साथै बाँकेलाई प्राथमिकतामा राखी खेल जगतम...
हडियाबाबा आश्रममा कल्प वृक्ष लगाईयाे

हडियाबाबा आश्रममा कल्प वृक्ष लगाईयाे

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० असाेज - धार्मिक महत्वले अति नै महत्वपुर्ण मानिने कल्पबृक्षकाे बिरुवा हरित अभियन्ता हेमन्तराज काफ्लेले श्री श्री १००८ हडियाबाबा आश्रम फुल्टेक्रालाई उपहार दिएकाे छन् । सल्यानकाे छायाक्षेत्र शक्तिपिठका महन्त उमेश गिरि महाराजकाे अनुराेधमा हरित हेमन्तले कल्पवृक्षकाे बिरुवा श्री श्री १००८ हडियाबाबा आश्रम फुल्टेक्रालाई उपहार दिएकाे बताउनुभएकाे छ । उक्त कल्पवृक्षकाे बिरुवा श्री श्री १००८ हडियाबाबा आश्रम फुल्टेक्रामा आज शनिबार नै लगाईएकाे हरित हेमन्तले बताउनुभयाे । वैदिक धर्म अनुसार हिन्दु धर्मावलम्बीहरूकाे वेद र पुराणमा कल्पवृक्षकाे बिरुवा बारे विस्तृत उल्लेख गरिएको पाईन्छ ।कल्पवृक्ष स्वर्गको विशेष रूख उल्लेख गरिएकाे छ । पौराणिक धर्मशास्त्र र हिन्दू मान्यता अनुसार कल्पबृक्ष बिरूवाको मुनि बसेर ध्यान गरेको व्यक्तिले चाहे अनुसारको वर प्राप्ती गर्ने विश्वास रहेकाे छ । हरित अभियन...
चेन्नई चौथोपटक आईपीएलको बिजेता

चेन्नई चौथोपटक आईपीएलको बिजेता

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३० असोज – कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ऋतुराज गायकवाड । फाफ डुप्लेसिसले ६१ रन जोडे । गायकवाड ३२ रन बनाएर आउट भए पनि प्लेयर अफ द म्यान चुनिएका डुप्लेसिसले विस्फोटक पारी खेल्दै ५९ बलमा ८६ रनको योगदान दिए । त्यस्तै, रोबिन उथप्पाले ३१ र मोइन अलीले नटआउट रहँदै ३७ रन बनाएपछि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनायो । ...
नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवसर

नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवसर

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३० असोज – २८ वर्ष पछि नेपाली फुटवल इतिहासमा नयाँ इतिहास रच्ने अवशर प्राप्त गरेको छ । आज नेपाल र भारत विच खेल हुँदै छ र यो खेलबाट विजयी भई उपाधी हात पारेमा फुटवल जगतमा नेपालले इतिहास रच्ने अवशर मिल्ने छ ।दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवशर प्राप्त गरेको छ । सन् १९९३ बाट सार्क गोल्डको नामबाट सुरु प्रतियोगिताले २८ वर्ष पार गरिसके पनि यो अवशर नेपाली टिमले प्राप्त गर्न सकेको थिएन । तर यस वर्ष भने फाइनलमा भिड्ने अवशर प्राप्त गरेको छ । यो अवशरसँगै नेपाली इतिहासमा फुटवलबाट इतिहास रच्ने अवशर समेत प्राप्त गर्ने भएको हो ।माल्दिभ्समा जारी १३ संस्करणको साफमा भने नेपाललाई इतिहास रच्ने अवसर छ । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । र, नेपालले आज शनिबार भारतविरुद्ध उपाधिका लागि खेल्दैछ । भारतको साफ इतिहास फ...