
नेपालगन्ज, १० मंसिर – ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारबाट शुरु भएको छ ।
नेपालगन्जमा पनि १६ दिन बिबिध कार्यक्रम गरेर मनाइएने भएको जनाइएको छ । बाँकेको नेपालगन्जमा भब्य रुपमा मनाउने तयारी गरिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
१६ दिने अभियान सञ्चालन गर्न बिहिबार नेपालगन्ज उपमहानगरपालिकाको सभाहलमा मूल समारोह समिति एवं नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा भब्यका साथ मनाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

जस अन्तर्गत बिहीबार बिहान व्यानर प्रदर्शन तथा सेतो रीवन बितरण गरिएको छ । यस्तै साँझ ५ बजे धम्बोझी चोक लगायत अन्य चोकहरुमा दिप प्रज्जवलन गरिएको छ । नेपालगन्जको छहारी भवन श्रद्धानगरमा सामाजिक मनोपरामर्श सम्बन्धी द्वन्द्ध प्रभावित र कोभिडबाट ज्यान गुमाएका परिवारका एकल महिलाका लागि अन्तरक्रिया गरिएको कार्यक्रमकी अध्यक्ष निर्मला पौडेलले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत ९ र १० गते महिलाहरुलाई ब्यवसाय सचेतिकरण २ दिने कार्यक्रम गरिने, मंसिर ११ गते घरदैलो १२ गते लैगिंक हिंसा सम्बन्धि फोटो प्रदर्शनी गर्ने जनाइएको छ । यस्तै १३ गते यौनिक तथा लैंगिक अल्पसंख्या समुदाय माथि हुने भेदभाव विरुद्ध जनचेतनामूलक कार्यक्रम समुदाय स्तरमा सञ्चालन गर्ने रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले मंसिर १४ गते द्वन्द्वको समयमा यौन हिंसामा परेका घटना र न्यायका विषयमा सहभागितात्म्क अन्तरसंवाद गरिने बताउनुभयो ।

यस्तै रेडियो संवाद, बिद्यालय स्तरिय सचेतना कार्यक्रम, लैंगिक हिंसाको अवस्था चुनौती, तथ्यांक बिशलेसण एवं भावी कार्ययोजना, सेतो रिवन वितरण तथा अभिमुखिकरण, लैंगिक हिसां सम्बन्धी सचेतनामूलक कार्यक्रम, नेपालगन्जका सबै वडामा सहभागिताका तथ्यांक संकलन सम्बन्धी ३ दिने तालिम र सोह्रौ दिन भब्य ¥याली सहित कोण सभा डिसेम्बर १० मनाउने तय भएको छ ।
कार्यक्रमलाई अझ भब्य बनाउन तालिकामा हेरफेर हुन सक्ने अधिकृत सुवेदीले बताउनुभयो । अभियान सञ्चालन गर्न आ–आफ्नोतर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउन आह्वान सम्बन्धमा नेपाल प्रहरीबाट पनि यस अभियान प्रति ऐक्यबद्धताका लागि विभिन्न रचनात्मक एवम् सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको सन्दर्भमा यस वर्ष पनि उक्त अभियान सञ्चालन गरिएको सामाजिक बिकास महाशाखाका उपसचिव शोभा शाहले जानकारी दिनुभयो ।
