Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

भव्यताका साथ मनाईयो अपाङ्गता दिवस

भव्यताका साथ मनाईयो अपाङ्गता दिवस

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १७ मंसिर - “हाम्रो प्राथमिताको आधार अपाङ्गता भएको व्यक्तिको अधिकार” भन्ने मुल नाराका साथ ३० औ अन्तर्राष्ट्रिय बिश्व अपाङ्गता दिवस बाँकेको नरैनापुरमा मनाइएको छ । राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय बाँकेको आयोजना तथा अपाङ्ग सरोकार केन्द्र नेपाल, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिबन केन्द्र बाँके, त्रिशक्ति अपाङ्ग तथा दलित सेवा लोकतान्त्रिक अपाङ्ग संघ बाँकेको सहकार्यमा अपाङ्गता दिवस भव्यताका साथ मनाईएको हो । राष्ट्रिय मधेश अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय नेपालगन्ज बाँकेका राजेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी रेडक्रस सोसाईटी गंगापुर बाँकेका सदस्य तथा समाजसेवी डिट्टाप्रशाद मौर्या रहनुभएको थियो । राष्ट्रिय मधेशी अपाङ्ग महासंघको आयोजनामा ३० औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा ...
नेता तिवारी लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवारी दिने घाेषणा

नेता तिवारी लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवारी दिने घाेषणा

आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु, १७ मंसिर - नेपाली काँग्रेस कपिलवस्तुका कर्मठ, झुझारु, इमान्दार युवा नेता कपिल देव तिवारीले नेपाली काँग्रेस पार्टीको आसन्न १४ औँ महाधिबेशन अन्तर्गत लुम्बिनी प्रदेश सदस्य पदमा (मधेसी तर्फ) उम्मेदवारी दिने घोषणा गरेका छन । प्रदेशको विकास शान्ति र स्थायित्वका लागि मेरो काँग्रेसको लुम्बिनी प्रदेश सदस्य पदमा उमेद्धवारी दिने तिवारीले बताए । तिवारी वुद्धभूमी नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहेर जनताको सेवा गरिरहेका छन् l नेपाली कांग्रेस पार्टी कपिलवस्तुका पूर्व जिल्ला सदस्य समेत तिवारी रहेका थिए l प्रदेश सदस्य पदका उम्मेदवार तिवारी कपिलवस्तुका लोकप्रिय, निष्ठावान तथा ईमान्दार नेताका रुपमा परिचित छन् ।...
मनाेजकाे नेतृत्वमा पाँच सदस्यीय आर्थिक समिति गठन

मनाेजकाे नेतृत्वमा पाँच सदस्यीय आर्थिक समिति गठन

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ मंसिर – मधेश मिडिया मिसनले बैशाख ३ गते ६२ औं अवधी पत्रकारिता दिवस तथा नयाँ वर्ष २०७९ को शुभकामना आदान–प्रदान भब्यताले मनाउन गर्नुपर्ने तयारीकाे लागि समीक्षा बैठक बसेकाे छ । आज शुक्रबार मधेश मिडिया मिसन नेपाल बाँके शाखाको बसेको समीक्षा बैठकले विविध निर्णयहरु गर्दै मनाेज काैशलकाे संयाेजकत्वमा रमेशचन्द्र कुमाल, सकिल अहमद राई, अवधी भाषी वरिष्ठ पत्रकार अजयकुमार गुप्ता, आकाश गुप्ता सदस्य रहने गरि पाँच सदस्यीय आर्थिक समिति गठन गरेकाे छ । सोही बैठकबाट बैशाख ३ गते अवधी र हिन्दी भाषामा बाँके जिल्लामा पहिलो पत्रिकाका प्रकाशक/सम्पादक प० योगेश्वर प्रसाद मिश्रा ‘वैद्यजी’बाट विधिवत दर्ता गराउनु भएकोमा मातृभूमि साप्ताहिक २०१६ साललाई आधार मानी अवधी पत्रकारिता दिवसको स्थापना गरी भब्यताले मनाउन अवधी भाषी जानकारीहरूबाट सुझाव संकलन समेत गर्ने निर्णय गरेको छ । बैठक चन्द्रेश्वरराज त्रिपाठी...
पाैष २ र ३ गते नगर स्तरीय तेक्वान्डाे प्रतियाेगिता हुने

पाैष २ र ३ गते नगर स्तरीय तेक्वान्डाे प्रतियाेगिता हुने

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ११ मंसिर – नेपाल आई.टि.एफ तेक्वान्दाे संघ बाँकेले नेपालगन्जमा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता मंसिर २४ र २५ गते नगरी पाैष २ र ३ गते आयोजना गर्ने जनाएकाे छ । आज शुक्रवार नेपालगन्ज रंगशालामा पत्रकार सम्मेलनकाे आयाेजना गरी नेपालगन्ज रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएका छन् । यही पाैष २ र ३ गते नगर स्तरीय तथा बाँके जिल्लाका आई.टि.एफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको खेलका संयोजक रंजित गिरिले जानकारी बताउनुभयाे । गिरिका अनुसार प्रतियोगितमा नगरका २३ वडा र जिल्लाका गरि २ सय ५० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । साथै अफिसियलहरु पनि प्रतियोगितामा सहभागी हुने छन् । जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगितालाई भव्य बनाउनका लागि नगरका सबै वडालाई सहयोग गर्न आग्रह गर्ने जानकारी गराउनु भय...
एकसय घरधुरीलाई राहत

एकसय घरधुरीलाई राहत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बर्दिया, १७ मंसिर - बर्दिया राजापुरका बाढी प्रभावित एक सय घरपरिवारलाई राहत वितरण गरिएको छ । बासको आयोजना, एनआएनए अष्टेलियाको सहयोग, राजापुर नगरपालिकाको सहकार्य र जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वयमा आज उक्त राहत वितरण गरिएको हो । बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ मा रहेका प्रभावित ब्यक्तिहरुलाई राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दिला शाह र बासका पूर्ब बरिष्ट उपाध्यक्ष सुरेन्द्र शाहीले राहत वितरण गरेका छन् । राहत वितरण कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गरेकोमा धन्याबाद ज्ञापन गरे । उनले खाद्यान्न वितरणले प्रभावित ब्यक्तिहरुलाई केही हद सम्म राहत हुने बताए । प्रभावित ब्यक्तिहरुलाई गैर सरकारी संस्थाहरु...
ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ मंसिर – प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिक मैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिक बारे मिडियामा सम्मान जनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिना भित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो । कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घसह...
निःशुल्क कान शिविरबाट ६१ जनाले गराए स्वास्थ्य परिक्षण

निःशुल्क कान शिविरबाट ६१ जनाले गराए स्वास्थ्य परिक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ मंसिर – बाँकेको जानकी गाउँपालिका वार्ड नं.१ साईगाउँ स्वास्थ्य चौकीमा मंसीर १६ गते बिहीवार निःशुल्क कानको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।एसओएस युवाक्लब सो अन्र्तगत रहेको युवाहरुको लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल, लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलको तथा बि. एन सामुदायिक कान सेवा सिद्धार्थ हस्पिटल गणेशमान नेपालगन्जको प्राविधिक सहयोगमा जानकी गाउँपालिका वार्ड नं. १ साईगाउँ स्वास्थ्य चौकीमा निःशुल्क कानको स्वास्थ्य शिविरमा ६१ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जस मध्ये ११ जना बिरामीको कानमा समस्या देखिएको हो । कानका बिरामीहरुको सर्व सुलभ दरमा कानको आवश्यक सर्जरी गर्ने जानकारी बि.एन.सामुदायिक कान उपचार सेवाका प्रवन्ध सञ्चालक तथा कान शिविरका परामर्श दाता रामबहादुर बुढाले जानकारी गराउनु भएको छ ।डिष्ट्रिक ३२५ बिटुका रिजन चियर पर्सन तथा कलायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका सद...
महिला पुरुष गरी ५८ जनाले गरे रक्तदान

महिला पुरुष गरी ५८ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ मंसिर बर्दियाको भरीगाउँमा जीवन दान मूलनाराका साथ प्रथम बृहत रक्तदान कार्यक्रम बुधवार महिला, पुरुष गरी ५८ जनाले उत्साहपूर्वक रक्तदान गर्नु भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबानगर समितिको आयोजनामा र थारु समुदाय विकास मञ्च भुरी गाउँको आर्थिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा व्यापारी, स्वयंसेवी रक्तदाता, समाजसेवी,युवा, पत्रकार, सुरक्षाकर्मी लगायत ५८ जनामहिला, पुरुषले रक्तदान गर्नु भएको छ । रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबानगर समिति तथा थारु समुदाय विकास मञ्चका अध्यक्ष चल्टुराम थारु, ठाकुरबाबा नगरपालिका वार्ड नं.१ का वडाध्यक्ष श्यामलाल थारु, वार्ड नं.२ का वडाध्यक्ष हरिराम थारु, राकेश थारु, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उप–शाखाका सभापति यज्ञ प्रसाद नेपाल, बिनिता चौधरी (ए) बिनिता चौधरी (बी), भिमप्रसाद ढकाल, शेरबहादुर बोगटी, छ...
खानद्वारा मिश्रालाई सम्मान

खानद्वारा मिश्रालाई सम्मान

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १६ मसिर - नेपाल अडिटर्स एसोसिएन (अडान)का केन्द्रिय उपाध्यक्ष तथा खान एण्ड कम्पनी बाँकेका सञ्चालक अब्दुल करिम खानद्वारा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रालाई हार्दिक बधाई तथा नेपालगन्जमा आज विहिबार सम्मान गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य मिश्रालाई बधाई तथा सम्मान गरिएकाे खान एण्ड कम्पनी बाँकेका सञ्चालक खानले बताउनुभयाे । उक्त सम्मान तथा बधाई कार्यक्रममा नेकपा एमाले बाँकेका नेता गिरिजाप्रसाद पाठक लगायतको सहभागिता रहेको थियाे ।...
मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान

मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान

आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
कपिलवस्तु, १६ मंसिर - केही दिनदेखि नेपालकाे एउटा फिल्मकाे भिडियाे क्लिप भाइरल भइरहेकाे छ । गाेल्डेन आई फिल्म कम्पनीकाे ब्यानर र दयाराम दयालकाे निर्देशन तथा राजेश हमालद्वारा अभिनित नेपाली कथानक चलचित्र "दशगजा" मा भारतीय एसएसबी लक्षित केही बेरकाे भिडियाे क्लिप अहिले विभिन्न फेसबुक आईडीमा भाइरल भइरहेकाे पाइएकाे छ । "दशगजा" फिल्मकाे भाइरल भिडियाेमा भारतीय एसएसबी प्रतिकाे जनआक्राेस देखाउन खाेजेपनि मित्र राष्ट्रलाई घाेच्याउने मानसिकता बढी नै रहेकाे इण्डाे-नेपाल समाजिक मञ्चका राष्ट्रिय अध्यक्ष अकरम पठानकाे भनाई छ । अध्यक्ष पठानले मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले समाज र दुईदेश बीच द्वन्द सृजना गर्ने बताउनुभयो । उनले राेटीबेटीकाे सम्बन्ध रहेकाे भारत नेपालकाे सबभन्दा असल मित्र हाे, भुकम्पदेखि लिएर बाढी पहिराेमा राहत हाेस अथवा पुर्वाधार निर्माण लगायत पुनर्निर्माणसम्ममा सहयाेग गर्दै ...