नेपालगन्ज, १७ मंसिर – बाँकेको जानकी गाउँपालिका वार्ड नं.१ साईगाउँ स्वास्थ्य चौकीमा मंसीर १६ गते बिहीवार निःशुल्क कानको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
एसओएस युवाक्लब सो अन्र्तगत रहेको युवाहरुको लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल, लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलको तथा बि. एन सामुदायिक कान सेवा सिद्धार्थ हस्पिटल गणेशमान नेपालगन्जको प्राविधिक सहयोगमा जानकी गाउँपालिका वार्ड नं. १ साईगाउँ स्वास्थ्य चौकीमा निःशुल्क कानको स्वास्थ्य शिविरमा ६१ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
जस मध्ये ११ जना बिरामीको कानमा समस्या देखिएको हो । कानका बिरामीहरुको सर्व सुलभ दरमा कानको आवश्यक सर्जरी गर्ने जानकारी बि.एन.सामुदायिक कान उपचार सेवाका प्रवन्ध सञ्चालक तथा कान शिविरका परामर्श दाता रामबहादुर बुढाले जानकारी गराउनु भएको छ ।
डिष्ट्रिक ३२५ बिटुका रिजन चियर पर्सन तथा कलायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका सदस्य तुलाराम बिश्वासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं. १ साईगाउँका वडा सदस्य मोहम्मद रजाराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा लियो क्लब अफ नेपालगन्ज सेन्ट्रलका सदस्य अन्जली राजी, बिष्णु बिश्वास तथा एसओएस युवाक्लब नेपालगन्जका सरस्वती नेपाली, डम्बर रानाको उपस्थिति रहेको थियो । साथै साई गाउँ स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गुलाम हैदर हल्वाई, ल्याब अस्सिटेन्ट तथा स्वास्थ्य स्वयम् सेविकाहरु तारा कुर्मी, पुष्पा खटिक, अन्जु काँदू, लक्ष्मी भुजवा, संगीता कुर्मी, सुनीता काँदू, रीता काँदु तथा बि..एन सामुदायिकका रामबहादुर बोहरा तथा गोबिन्द बोहराले प्राविधिकमा सहयोग गर्नु भएको थियो । कार्यक्रममा सञ्चालन एसओएस युवालय नेपालगन्जका सिनीयर काउन्सर लक्ष्मणबहादुर कार्कीले गर्नु भएको थियो ।