Tuesday, April 21सत्यम खबर
Shadow

? चोर कि साधु ?


कबिता
बिस्णु पोख्रेल

नाना प्रपञ्च गरेर,
फाटेको दुध मथेर,
नौनी निकाल्छु भन्दै,
अध्यक्ष बनेका एक नेताले,
जनताको आड लिदै
मञ्चका अरु सप्पै नेता
चोरै चोर देखेछन,

आफू जस्तालाई देखेपछि
चोर आयो भन्दै
जनताले लखेटेको
आभास पाएँ भनेछन,
साधु बन्ने कसम त
खाएको थाहा भएन,
आफू जस्तै अरुलाई
ध्यानाकर्षणसम्म गराएछन,

उनका अनुसार
सबै नेता चोर रे,
उनी आफू समेत चोर रे,
झुक्केर म साधु हुँ भन्ने पनि
अचम्ममा परेछन,
सानो समयको भाषणमा उनलेे,
ठुलो आत्मकथा पोखेछन।

म पनि अचम्म परेँ,
उनी पनि छक्क परिन,
छिमेकी पनि जिल्लिए,
नगरबासी महानगर बासी,
गाउँ बासी समेत जिल्लिए, पिछलग्गुहरुको जमात त,
लाजले राता पिरा टर्रा भए,

आफैले आफैलाई चोर भने,
सह-मञ्चासिनलाई चोर भने,
चोर स्वीकार गरेर
आत्मसात गरे
ठुलो गुन लगाए,
आत्म सुधार गरून्,
अरुले पनि उनलेे पनि
आत्म सुधार गरून्,
अनि चोर भन्दा बढी
डाँका डाँका नजपुन,
मसान बोलाउन
डाँको नछोडुन ।

नेताका पिछलग्गु
ठुलो जमातलाई पो
के भन्ने सोचि राछु,
तिनैलाई भोट हाल्ने
यी हात कहाँ पखाल्ने
अनि फेरि अर्को चुनाव
आउनै थाल्यो,
भोट कुन सद्देलाई दिने,
तनावमा छु,

नुन तेल चामल किन्न
सिमापारी जानेको ताँती छ,
नाना चाचा र घडेरी किन्न
खाडीमा जानेको बाढी छ,
अब भोट हाल्न कहाँ जाने,
हिजो आज चिन्ता बढदै छ।

चोर सावित गर्न सकिएन,
सायद उनले पनि सक्दैनन्
त्यसैले मेरो अनुरोध छ,
समय छदै साधु बन:
जनताले समेत चोर भन्ने दिन नआउन,
ख्याल गर:
समय घर्केला
असारे भेलमै हिलो पखाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *