Saturday, April 18सत्यम खबर
Shadow

चिसोमा जिवन रक्षाको माग गर्दै प्रशासनको ध्यानाकर्षण

नेपालगन्ज, १४ पौष – चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके र बर्दियाका प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।
अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुने गर्दछ । सो कुरालाई मध्यनजर गर्दै ५ बुदे ध्यानाकषर्ण गराइएको हो ।


शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न, जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शितलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शितलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित समयमा व्यवस्थापन तथा पुर्वतयारीको राम्रो ब्यवस्थापन गर्न र विपत जोखिम न्युनीकरण तथा ब्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारवाहीलाई अघि बढाउन माग गरि सोको कार्यन्वयनका लागि ध्यानाकर्षण गराइएको हो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले ध्यानाकषर्ण गराएको छ । यसैविच बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बर्दिया नागरिक समाजका अगुवाहरुको एक समुहले ज्ञापनपत्र बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *