Saturday, April 18सत्यम खबर
Shadow

गौरब स्मृति अक्षय कोषमा ७ लाख

नेपालगन्ज, १३ पौष – बाँकेको नेपालगन्जमा गौरव फाउन्डेशन एण्ड बी यौर सेल्फ नेपालगन्जको आयोजनमा आज मंगलबार एक कार्यक्रमका बीच गौरब स्मृति अक्षय कोष ७ लाखको घोषण गरिएको छ ।


गौरव फाउन्डेशन एण्ड बी यौर सेल्फ नेपालगन्जका अध्यक्ष अनुपमा चौधरीको अध्यक्षतामा नेपालगन्जका दानबीर तथा समाजसेवी माधवराम वर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको गौरब स्मृति अक्षय कोष घोषणा कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागितामा संस्थाका संरक्षक प्रदीप शाहले रु. ७ लाख रुपैया“को अक्षय कोषको घोषण गरी चेक हस्तान्तरण गर्नु भएको थियो ।


नेपालगन्जको स्वास्तिक कटेजमा बासका केन्द्रिय महासचिव शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि समाजसेवी माधवराम वर्माले सो संस्थालाई २५ रुपैया“ आर्थिक सहयोग गर्नु भयो र हर समयमा तन, मनबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।


कार्यक्रममा बिशिष्ट अतिथि गैर सरकारी संस्था नेपाल महासंघ बाँके शाखाका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय बस्नेत, सह–कोषाध्यक्ष सुदिप खडका, औषधी व्यवसायी संघ बाँके जिल्लाका महासचिव जीवन शर्माले पनि संस्थालाई प्रगतिहोस भनेर २५ हजारको आर्थिक सहयोगको चेक हस्तान्तरण गर्नु भएको छ ।


यसरी साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूले २१ हजार रुपैया“को सहयोग गर्नु भएको छ । सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका बाँकेका अध्यक्ष दिपेन्द्र जोशी, शिक्षक तोजेन्द्र बिक, संस्थाका सदस्य शेखर जोशी लगायतले संस्थाले गरेको अक्षय कोष घोषणको रकम सही तरीकाले सदुपयोग होस र संस्थाको प्रगतिकामना समेत गरेका थिए ।


यो संस्थाले बि.सं.२०७७ साल कार्तिक २ गते देखि असोज ३० गते सम्म खानेकरा, फलफुल, रक्तदान, सरसफाई, सरसफाई सम्बन्धी जनचेतनामूलक जानकारी गराइको थियो, बृक्षारोपण, मास्क बितरण, प्याड बितरण, पानी बितरण लगायत विभिन्न २० वटा मानवीय कार्यहरु नेपालगन्जमा र २ वटा कार्य काठमाण्डौंमा समेत गरिएको थियो ।
२०७८ साल अषढ १ गते गौरव शाहको अल्पायुमा दुखद निधन भएको थियो । गौरव फाउन्डेशन एण्ड बी यौर सेल्फ नेपालगन्जका उपाध्यक्ष प्रेक्षा केसीले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रममा संस्थाका संरक्षक प्रदीप शाहले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । साहू समाज समितिका उपाध्यक्ष बिमलकुमार साहू, सचिव बाबुराम साहू, रोटरी क्लब सेन्ट्रल नेपालगन्जका अध्यक्ष पुरन थारु लगायतको सहभागिता रहेनुका साथै नेपालगन्ज स्थित स्वास्तिक कटेजमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *