Sunday, April 12सत्यम खबर
Shadow

बच्चाहरुको बौद्धिक विकासको लागि मल्टी टेलेन्ट कम्पटीशन २०२२ को आयोजना

नेपालगन्ज, १४ फागुन – बच्चाहरुको बौद्धिक विकासको लागि मल्टी टेलेन्ट कम्पटीशन २०२२ को आयोजना गरिएको छ ।
आयोजक वन्डर मल्टी ईन्स्टिच्यूट र वन्डर पब्लिक एजुकेशन एकेडेमीले शनिबार नेपालगन्जमा आयोजना गरिएको यस कार्यक्रममा स्कुल पढ्ने बच्चाहरुले एडवान्स टे«नि· अन्तर्गत आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेका थिए ।


त्यस्तै मेमोरी टेक्निक अन्तर्गत बच्चाहरुले विगत वर्षमा कुन तारेखमा कुन दिन परेको थियो, जन्म मिति बारे जानकारी प्रस्तुत गरेका थिए । यस प्रकारको अन्य केही बौद्धिक क्षमता बच्चाहरुले कार्यक्रम बीच प्रदर्शन गरे कार्यक्रम बीच ज्वाईन्ट कम्पनीशनमा भाग लिएका ईश्या वैश्य, सुर्यास चौरसिया, अर्चिता कौशल, श्रीया सुराना, परन्जेल चौरसियालाई समाजसेवी घनश्याम वैश्यले पुरस्कार वितरण गरेका थिए । त्यस्तै अवधी साहित्यकार विष्णुलाल कुमालले प्रथम वैश्य, अहान वैश्यलाई पुरस्कार वितरण गरेका थिए ।

सोही प्रकार रमेश चन्द्र कुमालले अर्नव गुप्ता, तेजस वेरिवाललाई पुरस्कार वितरण गरेका थिए । त्यस्तै ड्राई· प्रतियोगितामा सहभागी कसौधन वैश्य समाज महिला मञ्च अध्यक्ष सिता गुप्ता, आदित्य ढकाल गुप्ता, त्रृतीय स्थान प्राप्त गरेका, सात्विक गुप्ता द्धितीय स्थान, प्रथम स्थान प्राप्त गरेका मास्टर युग तमोली । त्यस्तै कला प्रतियोगितामा सहभागी त्रृतीय स्थान प्राप्त गरेका बच्चा विहान गौचल, काव्या सेठिया, तेजस गुप्तालाई समाजसेवी तथा व्यापारी निलम खेतानले पुरस्कार वितरण गर्नुभयो ।


क्रियटिभ राईटि· प्रतियोगितामा सहभागी बच्चाहरु मनत गुप्ता, अपूर्व गुप्ता, आरुष गुप्तालाई समाजसेवी मोहनी अग्रवालले पुरस्कार वितरण गर्नुभयो । सोही प्रकारले स्पेलि· प्रतियोगितामा सहभागी बच्चाहरु आरफ लामा, विदान गोयल, आरुष गुप्तालाई मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले पुरस्कार वितरण गरेका थिए ।


स्पेलि· प्रतियोगितामा सहभागी बच्चाहरु अर्चिता कौशल, उन्नति नाग, इंसिता श्रेष्ठ (समष्ठि)लाई पुरस्कार वितरण गरिएको थियो । सोही प्रकार भरतकिशोर वैश्यले काव्या सेवियालाई, स्पिड मैथमा सहभागी प्रमोद नाग, तेजस गुप्ता, आरुष लामा, आरुष गुप्ता, स्पिड मैथमा नै सहभागी बच्चा ईसिता श्रेष्ठ, रिद्दी गुप्ता, उन्नति नागलाई वडा नं.८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ताबाट पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धा छनौट गर्ने जज मिसेज स्वेता गुप्ता, सुश्मा बंसल अग्रवाल, पुनम श्रेष्ठलाई उपहार प्रदान गरिएको थियो ।


कार्यक्रम वन्डर मल्टीपल ईन्स्टिच्यूटका प्रमुख सोनाली गुप्ताको अध्यक्षमा आयोजित गरिएको थियो । जसमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्रकुमार गुप्ता, समाजसेवी घनश्याम गुप्ता, रमेशचन्द्र कुमाल, अवधी साहित्यकार बिष्णुलाल कुमाल, समाजसेवी तथा व्यापारी निलम खेतान, कसौधन वैश्य समाज महिला मञ्चकी अध्यक्ष सिता गुप्ता, मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, सल्लाहकार अजय गुप्ता, श्रीराम लीला सञ्चालक समितिका भरतकिशोर वैश्य, अल्पना गुप्ता लगायतको उपस्थितिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *