गाउँपालिका स्तरीय चित्रकला तथा निबन्ध प्रतियोगिता सम्पन्न
देवीशरण शुक्लाजानकी, १९ फागुन - बाँकेको जानकी गाउँपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा बाँकेको आयोजनामा गाउँपालिका स्तरीय निबन्ध तथा चित्रकला गराएको छ ।
जानकी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा उजागर गर्नका लागि गाउँपालिका स्तरीय निबन्ध प्रतियोगिता कक्षा ६ देखि १० सम्मका विधार्थीहरू बीच सम्पन्न गराईएकाे शिक्षा शाखा अधिकृत प्रतिभा ओली खड्काले जानकारी दिनुभएको छ ।
कक्षा ६,७ र ८ विद्यार्थीको निबन्ध प्रतियोगितामा शिर्षक मेरो देश रहेको थियो । जसमा प्रथम रहेका सोयला गुप्ता बालविकास इंग्लिश मिडियम स्कूल कक्षा ८ रहेकी छिन् भने द्वितीय स्थानमा रहेका कक्षा ८ का सञ्जना यादव ब्राइट स्टार इंग्लिश मिडियम स्कूल, तृतीय स्थानमा कक्षा ८ कि सृष्टि वर्मा बाल विकास इंग्लिश मिडियम स्कूल तथा सान्त् वना सीता घर्ती रहेका थिए । जसमा प्रथम, द्वितीय, तिर्तिय तथा सान्तवनाको ...









