Sunday, April 12सत्यम खबर
Shadow

कारकाँदौंमा एक वर्षमा १२ सडक बने, ५ सडक बन्दैं

नेपालगन्ज, १६ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को कारकादौंमा चालु आवमा १२ वटा सडक निर्माण सम्पन्न भएका छन् । वडा कार्यालयको बजेटबाट सडक निर्माण सम्पन्न भएको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो ।


चालु आर्थिक बर्षमा ३ वटा कालोपत्रे र ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइसकेको छ । यसैगरी २ वटा कालोपत्रे र ३ वटा पीसीसी निर्माण जारी रहेको वडा अध्यक्ष वर्माले बताउनुभयो । यस बाहेक पनि थप सडकको निर्माण कार्य केही दिन मै शुरु हुने वडा अध्यक्ष बर्माले बताउनु भयो ।


आईतबार वडा कार्यालयको बजेटबाट भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोलमा रु ३१ लाख ५ हजारको लागतमा २१३ मीटर कालो पत्रे सडक निर्माणका लागि शिलान्यास भएको छ । टोलबासीको बृहत उपस्थितिमा वडा अध्यक्ष वर्माले सडक शिलान्यास गर्नुभयो ।
उक्त टोलमा थप सडकका लागि पनि पहल भइरहेको वडा अध्यक्ष बर्माले बताउनु भयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदौमा लगातार सडक निर्माणले प्राथमिकता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *