Saturday, April 18सत्यम खबर
Shadow

नेपालगन्जमा अत्याधुनिक पहिचान सहित निर्माण हुँदै नगर भावन

नेपालगन्ज, २५ फागुन – नेपालगन्जको पहिचानको रुपमा रहेको नगर भवन अत्याधुनिक पहिचान सहित निर्माण हुने भएको छ । टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो ।


अण्डरग्राउण्ड पार्किङ्ग सुविधा भएको ब्यावसायिक कम्पलेक्स सहितको वहुउद्धेश्यीय सभाहलको बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले शिलान्यास गर्नुभयो ।
नगर भवनको शिलान्यास गर्दै नगर प्रमुख डा. धवल शम्शेर राणाले यो भवन निर्माण सम्पन्न भएपछि नेपालगन्जको विकासमा कोशेढुंगा साविक हुने बताउनुभयो । उहाँले समय भित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।


उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा वेसमेन्ट सहितको ब्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भएपनि पहिलो चरणमा चार करोडको लागतमा वेसमेन्ट र ग्राउण्ड प्mलोर निर्माण
हुनेछ । चालु आवभित्रै निर्माण सम्पन्न गर्ने गरि आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको ईञ्जिनियर निवेशकुमार शर्माले जानकारी दिनुभयो ।


योजना अनुसार वेसमेन्टबाहेक तीन तल्ले भवन बन्नेछ । तेश्रो तल्लामा ५०० क्षमताको वहुउद्देश्यीय सभाहल दोश्रो चरणमा निर्माण हुने छ । अहिले पहिलो चरणमा वेसमेन्ट पार्किङ र ब्यावसायिक सटर निर्माण हुनेछ । पार्किङकमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाईकल पार्किङ गर्न सकिनेछ ।
यसैगरी १९ वटा सटर निर्माण गरिने छ । कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडानम्बर ५ का वडाध्यक्ष कैफुल वरा जोलाह, वडा नम्बर २ का वडाध्यक्ष सुनिल सिंह हमाल, वडा नम्बर ११ का वडाध्यक्ष उज्ववलसिंह राठौंर, वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा, लेखा प्रमुख लोकेन्द्र रावत, प्राविधिक शाखा प्रमुख ईञ्जिनियर भुपेन्द्र बोहरा, प्रशासन शाखाका अधिकृत सन्तोषी विष्ट, नगर प्रहरी निरीक्षक सुर्य बोगटी लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *