Monday, April 20सत्यम खबर
Shadow

खगेन्द्र गिरी कोपिलाको (अश्रु अर्घ) कृती बिमोचन

नेपालगन्ज, २८ फागुन – खगेन्द्र गिरी कोपिलाको “अश्रु अर्घ “ गजलसङ्ग्रह कृतीको विमोचन सम्पन्न भएको छ । गजल सङ्ग्रह, लोकगायक, लेखक, साहित्य कृतीमा कलम चलाउने गिरी कोपिलाको १० औं “अश्रु अर्घ “ गजल सङग्रहको कृति बिमाचोन शनिवार एक समारोहमा राप्तिसोनारी गाउँपालिकाको भुँवर भवानी धार्मिक स्थलमा सम्पन्न भएको हो ।

शनिवार खगेन्द्र गिरीको ५९ औ जन्मदिनको अवसरमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान नेपालगन्जकोे आयोजनामा “अश्रु अर्घ“ गजल सङ्ग्रह कृतीको विमोचन गरिएको हो । उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु, व्यग्र चाँदनी, डुबे पनि डुब्दैन घाम, आफ्नै छाल आफ्नै किनारा, राग वसुन्धरा, लहरलहर गन्दै, अतीत आमँत्रण, अस्वीकृत रहर, ऋतुदर्शन, अश्रु अर्घ गजल, मुक्तक, नियात्रा गरि १० वटा कृति रहेका छन भने समालोचनात्मक पुस्तक मधु प्रदक्षिणा, गजल सञ्चेतना सन्निधी र सम्पादित पुस्तक दशनामी दर्शन नेपाली दशनामी समाजको अनुसन्धानमूलक पत्रिका, मध्यपश्चिमका गजल हस्ताक्षर संयुक्त नेपाली गजल सङ्ग्रह, सृजनसाक्षी हिन्दी कवि पं. गिरीमोहन गरु अभिनन्दनग्रन्थ, तबस्सुम का दिया नेपालका उर्द गजलहरुको संयुक्त सङ्ग्रह लगायतको रचना रचि सक्नु भएको छ ।

गिरी कोपिला साहित्य क्षेत्रमा निरन्तर लेखिरहने सिर्जनशील व्यक्ति हो । समाजका नराम्रा बिकृतीलाइ ऐना आफ्ना गजल, मुक्तकद्धारा छरलङ्ग पार्ने गर्दछ । उहाँको लेखनमा आफ्नै शैली आफ्नै लय छ । उहाँ एक परिवर्तनशील साहित्यकार पनि हो ।

उहाले भन्नु हुन्छ “म निर्बन्ध भएर हिँड्दाको अनुभुति बटुल्नका लागी नै साहित्य क्षेत्रमा आएको हुँ, बन्धनभित्र बसेर रमाउनका लागी त जिवनका अन्य पाटाहरु छदै छन नि”। शुद्ध नेपाली भाषामा लेखिएको (अश्रु अर्घ) गजल कृतीले अवको युवा साहित्य पिढीलाइ नेपाली शुद्ध भाषालाई जोगाइ राख्न र कुनै पनि उपन्यास, गजल मुक्तक सङ्ग्रह नेपाली भाषामै लेख्नुपर्छ भने यस अश्रु अर्घ) गजल कृतीको मुख्य उद्देश्य रहेको गिरी कोपिलाले बताउनुभयो ।

यो भन्दा अगाडीको गजल २०६६ सालमा प्रकाशित भएको कोपिलाले जानकारी गराउनुभयो । गजल गित संगित भनेको दुखहरु बिसाउने चौतारी पनि हो । जसलाइ पढेर वा सुनेर मनमा आनन्दको महसुस हुने गर्छ । उहाँले भनुहुन्छ गजल लेख्न कहाँ सजिलो छ र गजल देख्न त पहिले कबिनै भावुक भएर आसुमा डुबेको हुन्छ । कबिले लेख्ने हर एक पानामा आसुका ढिका समेत खसेका हुन्छन् ।

उक्त अश्रु अर्घ गजलसङ्ग्रह कृति बिमोचन को प्रमुख अतिथी बरिष्ठ साहित्यकार गंगानाथ कोइराला सभापति भुँवर भवानी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष तुलसीराम थारु, अतिथी साहित्यकार किरण आचार्य, भीमबहादुर शाही, डाक्टर जनार्दन आचार्य, नीमबहादुर थापा, छबीलाल कोपिला लगायतका उपन्यासकार साहित्यकारहरुको उपस्थितीमा उक्त गजल कृतीको बिमोचन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *