Saturday, April 18सत्यम खबर
Shadow

सगरमाथा सिमेन्ट भलिबल प्रतियोगिता चैत्रको दोस्रोत सातामा हुने

नेपालगन्ज, २५ फागुन – भलिबल प्रतियोगितामा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता यस बर्ष चैत महिनाको दोस्रो साता आयोजना गर्न लागेको सहर्ष जानकारी गराईएको छ ।


बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप यसपटक चैत १० देखि १५ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्डहलमा हुनेछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको हो । यसअघि यो प्रतियोगिता फागुनको अन्तिम साता हुने गर्दथ्यो ।
प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो । यही प्रयास स्वरुप आयोजना हुँदै आएको प्रतियोगितालाई निकट भविष्यमा दक्षिण एशियाली क्लब च्याम्पियनसीपका रुपमा विकास गर्ने लक्ष्य रहेको छ । दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको जनाईएको छ ।
प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई सहभागि गराउने प्रयास भइरहेको छ । यसका बारेमा सम्पुर्ण जानकारी आउने दिनमा जानकारी गराउनेछौं । यसअघि भारतीय चर्चित क्लबका साथै बंगलादेशको टिमले समेत यस प्रतियोगितामा सहभागिता जनाइसकेको टिएस ठकुरीद्वारा जारी विज्ञप्तीमार्फत जनाईएको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथो संस्करणमा रेलवे इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिसले उपाधि जितेका थिए । सगरमाथा सिमेन्ट प्रधानमन्त्री कपको सातौं संस्करणमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *