चीनसँग सीमा समस्या समाधानका लागि आग्रह गरेका छौं : परराष्ट्रमन्त्री खड्का
काठमाण्डौ, २४ फागुन – चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उत्तरी नाकालाई पुनः सुरु गराउने विषयमा सरकारले धेरै पहल गरेको जानकारी दिए ।
’चिनियाँ परराष्ट्र मन्त्री वाङ यी सँग एक घण्टा लामो छलफलमा पनि यो कुरा माग गरेका थियौं । साथसाथै महामहिम राजदूतसँग भेटेर चीनबाट आएको प्रतिनिधि मण्डल सँग पनि हामीले यो कुरा उठाएका छौं’ खड्काले भने, ’यो कोभिडको कारणबाट हो भन्ने छ । आर्थिक रुपमा हामीलाई अप्ठ्यारो परिरहेको छ । हामीले खर्बौंको आयात गरेका छौं । निर्यात करिब करिब ठप्प रहेको छ । नाका खोल्ने विषय उच्च प्राथमिकतामा छ र हाम्रो चीनसँग सुमधुर सम्बन्ध रहेको छ । यसमा अन्य कुनै कारण छैन ।’
मन्त्री खड्काले कोभिड क्रमिक रुपमा कम हुँ...









