Friday, May 16सत्यम खबर
Shadow

उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक कार्यक्रम सम्पन्न

नेपालगन्ज, १३ बैशाख – बैशाख ३० गते हुने निर्वाचन लागी नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले जनबर्गीय संगठन नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालगन्जको उपमहानगरपालिका ईकाई कमिटीको आयोजनामा उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमाले जनताले समस्या पहिल्याउँदै जनहितमा काम गर्ने र जनताले रुचाएको पार्टी रहेकोले एमालेको जित सुनिश्चित रहेको बताउँदै उनीहरुले हालको समयमा राज्य एमालेमय बनेको दावि समेत गरेका थिए ।

अवको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेकोे जित रोक्न नसक्ने बताउदै नेकपा एमालेका हरेक उम्मेद्वारले आन्तरिक एकतालाई मजबुत बनाउँदै अघि बढ्न आवश्यक रहेको बताएका थिए । मुलुकको राजनीतिलाई सहि रुपमा लैजान एमालेको जित आवश्यक रहेको बताउँदै उनीहरुले सुर्यको ध्वजाबाहक उम्मेदवार जिताउनु एकमात्र उद्देश्य हुनुपर्नेमा जोड दिए ।

उनीहरुले एमालेको निति विचार र कार्यक्रम बारे जनतालाई जानकारी दिन आवश्यकता रहेको औंल्याउँदै मेयर र उपमेयरका प्रत्यासी पशुपतीदयाल मिश्र र शान्ति ढकाललाई जितको शुभकामना दिए ।

एमालेको जितका लागि कर्मचारी संगठनको भुमिका र योगदान महत्त्वपूर्ण रहने हुनाले अब सुस्म तरिकाले निर्वाचन जिताउने प्लानिङ गर्न आवश्यक रहेको बताउँदै मेयरका प्रत्यासी पशुपतिदयाल मिश्रले आफुहरुलाई हार्ने छुट नभएको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी एवं नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिती बाकेका अध्यक्ष देविलाल चौलागाई, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठनका पुर्व जिल्ला अध्यक्ष तथा केिन्द्रय सल्लाहकार परिषदका अध्यक्ष रामबहादुर चन्द, एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचनका लागि प्रचारप्रसार गर्न सहयोग होस भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

पार्टीका केन्द्रिय नेता दिपा शर्मा, शान्ति ढकाल लगायत नेता तथा कर्मचारीहरुको उपस्थितिमा गरिएको सो कार्यक्रम कर्मचारी संगठनका नगर अध्यक्ष मनराज थापाको अध्यक्षतमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *