
नेपालगन्ज, १४ बैशाख – नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले नेपालगन्ज १ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै मेयर पद्का उम्मेद्वार मिश्रले एमालेको नेतृत्वले मात्रै जनताको अवस्थामा परिवर्तन ल्याउन सक्नेमा जोड दिंदै यहाँका जनताले आफुहरुलाई भारि मतान्तरले विजयी बनाउने विश्वास व्यक्त गरे ।
नेपालगन्जको सर्वाङ्गीण विकासका लागि एमालेको जित अपरिहार्य रहेको बताउँदै उपमेयरका प्रत्यासी शान्ति ढकालले आफुहरुले जिते नेपालगन्ज नगरलाई देश कै नमुना शहरका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सो कार्यालय उद्घाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य दिपा शर्मा, हारुन हल्वाई, नेपाल ईत्तहाद मुस्लिम संगठनका केन्द्रय सदस्य निजामुद्दीन ईद्रिसि, लेखा आयोगका सदस्या विजया धिताल, पुर्व जिल्ला अध्यक्ष निरक गुरुङ्ग लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
