Friday, June 26सत्यम खबर
Shadow

आस्था

योन्जनको कोशेली ‘बिछोडको पीडा’

योन्जनको कोशेली ‘बिछोडको पीडा’

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ बैशाख – गीतकार प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली ‘बिछोडको पिडा’ बजारमा आउने भएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘बिछोडको पिडा’ बोलको गीत बजारमा ल्याउन लागेका हुन । उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन ‘आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन । सार्वजानिक गर्न लागेको गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । गीतलाई गायक कर्ण राज गिरिले गाएका हुन । म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कंडेलको अभिनय रहने छ ।...
रमेशचन्द्र कुम्हार ‘काला कौवा’ मेयर पदका उम्मेदवार

रमेशचन्द्र कुम्हार ‘काला कौवा’ मेयर पदका उम्मेदवार

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १२ बैशाख - रमेशचन्द्र कुम्हार ‘काला कौवा’ जनता प्रगतिशील पार्टी नेपालको तर्फबाट नेपालगन्ज उमनपाको मेयर पदका उम्मेदवार भएका छन् । सोमवार दिन काला कौवा कुम्हारले निर्वाचन कार्यालयमा पुगी मेयर पदको उम्मेदवारी दर्ता गराएका हुन् । उनको चुनाव चिन्ह पुरुषको काँधमाथि राखेको फरुवा रहेको छ । जनता प्रगतिशील पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार रमेश चन्द्र कुम्हार (काला कौवा) त्यस्तै उपमेयर पदमा आरती मिश्रा (पिंकी) उम्मेदवार रहेकी छिन् । मेयर पदमा नामांकन दर्ता गराएपछि काला कौवाले समाचार रेखा राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै भने, वर्तमान मेयर डा. धवल शम्शेर राणाले नगरको विकास आशातीत रुपमा गर्न सकेनन् । तपाईले हेरी रहनु भएको छ कि नगरमा लामखुट्टेको बिगबिगी छ, नगरभरी फोहोर मैलाको डंगुर छ । उपमहानगरपालिकामा रिंगरोड, बाइपास, पार्किंगको पूर्वाधार उनले खडा गर्न सकेका छैनन् । सडकमा आका...
बाँकेको ८ वटै स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता

बाँकेको ८ वटै स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १२ बैशाख - बैसाख ३० हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी बाँकेको बिभिन्न पार्टीका उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । बाँकेको ८ वटै स्थानीय तहको बिभिन्न पाटीका उम्मेदवारहरूले सोमवार उम्मेदवारी मनोनयन दर्ता गरेको हुन् । नेपालगन्ज उपमहानगरपालिका सत्ता गठबन्धनबाट मेयर र उपमेयर पदका पाएका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजा सहितको र्याली निकाली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका लागी नेपाली काँग्रेसका नगरसभापति प्रशान्त विष्ट र उपमेयरका पदमा लागी जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएकोे नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी गराउनुभएको छ । नेपालगन्जका २३ वटै वडामा दुवै दलबाट वडाअध्यक्ष र वडा सदस्यले ...
जानकीका प्रमुख पदका उम्मेदवार हिमान्सु आफ्ना हजाराै समर्थकका साथ गरे उम्मेदवारी दर्ता

जानकीका प्रमुख पदका उम्मेदवार हिमान्सु आफ्ना हजाराै समर्थकका साथ गरे उम्मेदवारी दर्ता

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, १२, बैशाख - नेकपा एमाले जानकी गाउँपालिकाका उम्मेदवारहरूले दलबल सहित आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरूले ठूलो संख्यामा समर्थक तथा पार्टीका नेता कार्यकर्ता सहित उपस्थित नेकपा एमालेको उम्मेदवारहरूले आ-आफ्नो मनोनय दर्ता गराएका छन् । अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव, उपाध्यक्ष पदका उम्मेदवार भुमिसरा धितालसहित जानकी गाउँपालिकाको ६ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरू मनोनयन दर्ता गराएका छन् । वडा न १ सोराब खाँ अध्यक्ष, टंककुमारी थापा महिला सदस्य, विट्टी खटिक दलित महिला सदस्य, ओमप्रकाश काँदु खुल्ला सदस्य, आल्मिन राई खुल्ला सदस्य रहेका छन् ।  यस्तै वडा न २ किशोर थापा अध्यक्ष, सरदा यादव महिला सदस्य, रामावती खटिक दलित महिला सदस्य, रामवरन वर्मा खुल्ला सदस्य र केशराम शर्मा खुल्ला सदस्य रहेका छन् ।  वडा न ३ तुल्सीराम शुक्ला अध्यक्ष, गीताकुमारी कमिनी महिला सदस्...
जितेपछि कुनै सेवासुविधा नलिने: हिमान्सु यादव

जितेपछि कुनै सेवासुविधा नलिने: हिमान्सु यादव

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
जानकी, ११ बैशाख - नेकपा एमालेबाट जानकी गाउँपालिका अध्यक्षका उमेदवार हिमान्शु यादवले आफुले पालिका अध्यक्ष जितेमा पूरा कार्यकाल आफुले कुनै पनि सेवा सुबिधा नलिने बताएका छन् । युवा नेता यादवले आफुले चुनाव जितेमा सम्पुर्ण कार्यकालको आफुले पाउने सबै सेवा सुबिधा पालिकाबासी गरिब, आर्थिक अवस्था कमजोर भएका परिवारको लागि खर्चने बताउदै सेवा सुबिधा आफुले नलिने घोषणा गरेका हुन् । पत्रकार संग कुरा गर्दै जानकी गाउँपालिकाका एमालेका उमेदवार यादवले जानकी गाउँपालिकालाई फुसको छानो बिस्तापित गर्ने आफ्नो योजना रहेको र सोको लागी आफ्नो सबै सेवा सुबिधा त्यसैमा लगाउने बताएका छन् । पालिकालाई फुसको छानो रहित बनाउने मेरो योजना छ, त्यसको लागी पालिकाको बजेट र जितेको अवस्थामा अध्यक्षले पाउने सबै सेवा सुबिधाको रकम त्यसमा खर्च गर्नेछु, यादवले बताए । पालिकाबासी सबैको आशा र भरोसाको केन्द्र रहेका यादवले जनताले आफुलाई ...
नामावली सहित नेकपा एमाले बाँकेको ८१ वडाका अध्यक्ष, सदस्य उम्मेद्धवारहको नामावली

नामावली सहित नेकपा एमाले बाँकेको ८१ वडाका अध्यक्ष, सदस्य उम्मेद्धवारहको नामावली

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ११ बैशाख – स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमाले बाँकेले ८ वटै स्थानीय तहमा आफ्नो वडा अध्यक्ष र सदस्यहरु चयन गरेको छ । नेकपा (एमाले) बाँके जिल्ला कमिटीको अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालको प्रमुख आथित्य, केन्द्रीय कमिटीका सदस्यहरु, शान्ति ढकाल, मो.हारुन हलुवाई, दिपा शर्मा, पशुपतिदयाल मिश्र र केन्द्रीय अनुशासन आयोग सदस्य देवराज भारको आथित्यमा पार्टीका पदाधिकारीको उपस्थितीमा बसेको बैठकले बाँकेका ८१ वटै वडाहरुमा अध्यक्ष, सदस्यहरुको नामावली चयन गरेको छ । प्रदेश सरकार विरुद्ध स्थानीय स्तरमा जनमतको सरकार निमार्णमा सबै आम मतदाताहरुलाई नेता सुर्य ढकालले आग्रह गरे । उनले समृद्ध बाँके निमार्णका लागि सबै पार्टी कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रित हुन अपिल समेत गरेका छन। कोहलपुर नगरपालिकावडा न १ रुद्रप्र...
जसपाका ५० वढी कार्यक्रता काँग्रेसमा प्रबेश

जसपाका ५० वढी कार्यक्रता काँग्रेसमा प्रबेश

आस्था, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, ११ बैशाख – बाँके डुडुवा गाउँपालिका वार्ड नं. ३ बनकट्टीका करिब ५० जना जनता समाजवादी पार्टीका कार्यक्रताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । जसपाका नेताहरु सत्ता र स्वार्थमा मात्र केन्द्रीय रहेकाले जनताको विकासका लागि खासै ध्यान नदिएको भन्दै आफुहरुको हितका लागि काम गर्ने नेपाल कै ठुलो पार्टी नेपाली काँग्रेस मात्र भएकाले आफुहरु काँग्रेस पार्टीमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन् । गत निर्वाचनमा जसपाबाट निर्वाचित डुडुवा गाउँपालिकाका वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मीकुमारी पासीसहित ५० जना सक्रिय कार्यक्रता पार्टी प्रबेश गरेका हुन । आज आईतबार एक कार्यक्रमका विच नेपाली काँग्रेस प्रदेश सभा (क) का सहसचिव समसुद्दिन खाँ, नेपाली काँगे्रस ३ नं. वडा सभापति छोटेलाल बर्मा र क्षेत्रीय प्रतिनिधी सहाबुद्दिन खाँले नव प्रबेशी कार्यक्रताहरुलाई अबिर लगाएर सदस्यता प्रदान गर्नुभएको थियो । ...
मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ वैशाख – नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।‘केपी शर्मा ओलीको पालामा ल्याइएका मिडिया विरोधी कानूनको प्रेस युनियनले खारेजी गर्न जोडदार माग गर्छ,’ सिग्देलले भने ‘कुनैपनि बहानामा मिडियामाथि अंकुश लगाउने दुस्साहस कसैले गर्छ भने युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्दछ ।’ आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न युनियन सम्बद्ध पत्रकारलाई उनले निर्देशन दिए ।‘प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो, पार्टी र युनियनबीच समन्वय र सहकार्य हुनुपर्छ, प्रेस युनियनको भूमिकालाई पार्टीले राम्रोसँग चिन्नु पर्दछ,’ अध्यक्ष सिग्देलल...
सत्यमखबर दोस्रो वर्षमा प्रवेश, मिसनको कार्यालय उद्घाटन

सत्यमखबर दोस्रो वर्षमा प्रवेश, मिसनको कार्यालय उद्घाटन

अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ बैशाख – समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमको दोस्रो वार्षिकोत्सव तथा मधेस मीडिया मिसन नेपाल बाँके शाखाको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्र स्थित रहेको सत्यमखबर डटकमको कार्यालय कै भवनमा रहेको मधेश मिडिया मिसन नेपाल बाँके शाखाको कार्यालय नेपालगन्ज–६ का वडाअध्यक्ष समिर प्रताप सिंहद्वारा उद्घाटन गरिएको थियो । उद्घाटन पश्चात आफ्नो भनाई राख्दै वडाअध्यक्ष सिंहले समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमले हालसम्म आम स्थानीय जनमानसको मन जित्न सफल भएको तथा आउने दिनमा समेत मनमनमा आफ्नो छाप छोड्न सक्ने आपेक्षा रहेको बताउँदै सोही अनुसार मिसनले समेत स्थानीय स्तरमा कार्य गर्न सफल हुने शुभकामना दिनु भएको थियो । मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम...
फुटबल संघ बाँकेको पदभार ग्रहण सम्पन्न

फुटबल संघ बाँकेको पदभार ग्रहण सम्पन्न

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ वैशाख – बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । शनिबार एक कार्यक्रमका बिच निर्वाचन अपिल समितिका प्रमुख अधिवक्ता प्रभाकर भंटराई, नेपाल खेलकुद पत्रकार मंच बाँकेका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष झलक गैरे लगायतले बाँके जिल्ला फुटबल संघको निर्वाचन कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए । नवनिर्वाचित बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेको फुटबलको विकासका निम्ति नयाँ टिमले उर्जाशील भएर काम गर्ने बताएका छन । पछिल्लो समय बिसम परिस्थितीका कारण चाहेर पनि फुटबलको विकासका निम्ति धेरै काम गर्न नसकेको बताउँदै अध्यक्ष शाहीले अबको नयाँ टिमले त्यसलाई पुर्ति गर्ने बताए ।उनले भने,‘म धेरै खुसी छु । हाम्रो टिममा सबै युवाहरु नेतृत्वमा आउनु भएको छ । अब बाँकेको फुटबलको भविष्य यो टिमको हातमा छ । मैले...