
नेपालगन्ज, १३ बैशाख – बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ को निर्वाचित वडा सदस्य एवम् नगरपालिका कार्यपालिका सदस्य सीमा कसौधन वैश्यले सो पार्टीबाट पुन: महिला सदस्य पदमा आफ्नो मनोनयन दर्ता गराउनु भएको छ ।
वडामा रहेको मठमन्दिर, बाटोघाटो, नाला, खेलकुद, शिक्षा, सीपमूलक तालिम, रोजगार मुलुक तालिम लगायत विभिन्न किसिमका समस्याहरुमा मैले पहिला पनि सुधार ल्याउन कोसिस गरेको छु र यस मध्य कतिपय समस्यामा विगतभन्दा धेरै सुधार आएको छ ।
म कुनै राजनीतिक पृष्टभूमिबाट आएको छैन, विगतमा सिख्ने क्रम भएकाे तथा केही कमिकमजाेरी भएको हुन सक्छ, उक्त कमिकमजाेरीलाई सुधार गर्ने अवसर वडावासीहरूले दिने छन् भन्ने विश्वासका साथ पार्टीले दिएकाे जिम्मेवारी पूरा गर्ने सदस्य कशाैधनले बताउनु भयाे ।
विगत २०५८ सालदेखि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा कार्यरत रही स्वयमसेविकाको रूपमा रही वडावासीहरुलाई स्वास्थ्य लगायत अन्य विभिन्न काममा सेवा दिँदै आइरहेको उहाँले बताउनु भयो ।
युनेसको बाँके, नागरिक अधिकार मञ्च लगायत अन्य संघ संस्थामा आवद्ध रही पनि धेरै समय उहाँले नेपालगन्ज उपमहानगरपालिका भित्रका वासिन्दाहरुलाई सेवा दिँदै आइरहेको बताउनु भयो ।
स्थानीयहरुको अनुसार उहाँले समय नहेरेर जनताको लागि दिन रात एक गरी जनतालाई सेवा प्रदान गर्दै आइरख्नु भएको छ, चाहे त्यो कोरोनाको समय होस् वा अन्य समय उहाँले हाम्रो एक वचनमा सेवाका लागि पुग्नु हुन्छ । वहाँ जनता माझ एकदम लोकप्रिय र एउटा परिवारको सदस्य झै मिलेर काम गर्दै आउनु भएको छ र अगाडि दिनमा पनि उहाँको विकल्प छैन स्थानियबासीहरूकाे भनाई रहेकाे छ ।
यस्तो झुझारु इमान्दार र कर्मठ महिला सदस्य हामी गुमाउन चाहँदैनौं जो हरेक समुदायमा घुलेमिलेर बस्न सकोस् । उहाँ भित्र हामीले कहिले घमण्ड देखेनौ सबैलाई मिलाएर चल्न सक्ने क्षमता उहाँ भित्र रहेकाे पाईन्छ, त्यसैले उहाँलाई हामी फेरि पनि आफ्नो विश्वासको मत दिएर जिताउने छौं वडावासीहरूकाे भनाई रहेकाे छ ।