Tuesday, October 22सत्यम खबर
Shadow

३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

काठमाण्डौ, १४ बैशाख – प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुननसक्ने बनाएको छ ।
सञ्चार माध्यमबाट निर्वाचन आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।


निर्वाचन आचार संहिता लागु भए पश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचार संहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ ।
२०७८ चैत २६ गतेदेखि हालसम्म आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यम मध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमा याचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको छ ।
२ वटाले आगामी दिनमा आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् । यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशन पश्चात् पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।
दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुने गरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिने तर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ ।
‘तटस्थता कायम गर्दै जनमानसमा विश्वसनीयता बढाउने तर्फ सबै सञ्चार माध्यमहरूले विशेष ख्याल गर्नुपर्छ । निर्वाचनका बेला अनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुन नदिन झन् बढी सतर्कता अपनाउनु पर्छ’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो ।
काउन्सिलले दल तथा उम्मेदवारको निर्वाचन प्रचार–प्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन÷प्रसारण नगर्न÷नगराउन, सःशुल्क विज्ञापन प्रकाशन÷प्रसारण गर्दा आचारसंहिताले तोके अनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालमार्फत्बाट समेत यो वात्यो दल र दलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न÷नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *