Thursday, June 12सत्यम खबर
Shadow

हिमान्सु यादवको पक्षमा उर्लिन थाले जानकीका सर्वसाधारण मतदाता

जानकी, १९ बैशाख – आसन्न स्थानिय तहको निर्वाचनका लागि जानकी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवको पक्षमा जनता उर्लिन थालेका छन् ।
निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेदवार यादवको पक्षमा स्थानिय जनता स्वफुर्त प्रचारप्रसार गर्न लागेका छन् ।


हरेक दिन विहान, दिउसो र साँझा सयौंको संख्यामा घरदैलो तथा प्रचारप्रसार गर्नेको लहर नै हुन्छ एक जना स्थानियले भन्नुभयो । अध्यक्ष पदका उम्मेदवार यादव एकमद दयालु र जनता प्रेमी भएको हुनाले उहाँको पक्षमा जनता सक्रिय देखिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य सहितको टिमले हरेक दिन घरदैलो कार्यक्रममा व्यस्त हुने गरेका छन् ।
यस्तै जानकी गाउँपालिका वडा नं. २ मा पनि सोमवार घरदैलो कार्यक्रम गरिएको छ । अध्यक्ष पदका उम्मेदवार किशोर थापाको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको हो ।
युवा नेता तथा अध्यक्ष पदका उम्मेदवार थापाको पक्षमा वडा नं. २ मा जनलहर नै चलेको छ । बैशाख ३० गते किशोरलाई जिताएर स्वागत गर्न आतुर रहेको स्थानिय जनताको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *