
नेपालगन्ज, १९ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पदका उम्मेदवार मदनराज शर्माले घरदैलो अभियानमा तिब्रता दिएका छन् ।

आज सोमबार फुल्टेक्राको विभिन्न टोलमा पुगि आफ्ना समर्थक र कार्यकर्ताहरुसिंह आफूलाई योग्य सम्झनी मतदान गर्न अनुरोध गरेका छन् ।
यसपटक हाम्रो भन्दा राम्रोलाई वडाको बृहत विकासका लागि मतदान गर्न अनुरोध गर्दै वडाअध्यक्ष पदका उम्मेदवार शर्माले आफूले अवसर पाए फुल्टेक्राको विकासलाई ५ वर्ष कुर्नु नपुर्ने तथा उक्त कार्य आफूले अढाई वर्ष मै सम्पन्न गर्ने बताए ।

फुल्टेक्रामा रहेका विभिन्न धार्मिक स्थलहरुको स्तर उन्नतिदेखि लिएर टोल–टोलमा निर्माण गरिने नाला, बाटो समेतलाई पहिलो प्राथमिकतामा राखी हडियाबाबा आश्रमलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने गुरुयोजना तयारी गरी कार्यान्वयन गर्ने बताए ।
