Thursday, June 12सत्यम खबर
Shadow

नगरभित्रका ग्रामीण क्षेत्रलाई प्राथमिकता : बिष्ट

नेपालगन्ज, १९ बैशाख – नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले नगरभित्रका ग्रामीण क्षेत्रहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ ।
मतदातालाई भेट्ने क्रममा वडा नम्बर २३ लोहारपुरवा पुग्नुभएका विष्टले उपमहानगरभित्र रहेर पनि भौतिक र सामाजिक विकासमा पछि परेका बस्तीहरुलाई माथि उठाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“मलाई जिताउनुस्, म गाउँ र शहरका सबै नागरिकहरुलाई उत्तिकै महत्व दिएर काम गर्छु, ग्रामीण क्षेत्र अझ पछाडि परेकाले अवश्य पनि बढी प्राथमिकता दिएर काम गर्छु, “विष्टले भन्नुभयो, “सेवा सुविधा दिने कुरामा पनि मेरो विशेष ध्यान रहन्छ ।“ उहाँले ग्रामीण बजारलाई प्रबद्र्धन गर्ने गरी काम गर्ने पनि बताउनुभयो ।


नगर प्रमुखका उम्मेदवार विष्टले स्थानीय कृषि उत्पादनहरु बढाउँदै ती उत्पादनले उचित बजार पाउने गरी काम गर्ने उल्लेख गर्नुभयो । वडा नम्बर २३ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जबर अली बेहना, महिला सदस्य पुनमसिंह ठकुरी, दलित महिला सदस्य नन्कुन्ना खटिक तथा खुला सदस्यका उम्मेदवारहरु सौकत अली बेहना र फारुक दर्जी घरदैलोमा व्यस्त छन् ।
वडा नम्बर १८ मा घरदैलो
यस्तै नगर प्रमुख पदका उम्मेदवार विष्टले आजै वडा नम्बर १८ तेजनगरमा वडाका उम्मेदवारहरुसंगै घरदैलो गर्नुभएको छ । वडा अध्यक्षका उम्मेदवार मंगल प्रसाद बर्मा (सानु), महिला सदस्य उम्मेदवार केशु पोख्रेल, दलित महिला सदस्य सरोज खटिक तथा खुला वडा सदस्यका उम्मेदवारहरु रामबहादुर भण्डारी र रामप्रकाश मौर्य पनि घरदैलोमा संगसंगै हुनुहुन्थ्यो ।
घरदैलोमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, काँग्रेसका जिल्ला उपसभापति गोपाल अधिकारी, क्षेत्रीय सभापति रमेश गुप्ता, नेता ललित रौनियार लगायतका नेता कार्यकर्ता पनि संगसंगै हिंड्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *