Saturday, April 25सत्यम खबर
Shadow

वडाध्यक्षहरूद्वारा सपथ ग्रहण बहिष्कार

नेपालगन्ज, ८ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम केही वडाका वडाध्यक्षहरूले बहिस्कार गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा भद्रगोलशैलीमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन ।

नेपालगन्ज उपमहानगरपालिकाले राखेको जनप्रतिनिधी स्वागत तथा सपथ कार्यक्रमको प्रक्रिया नमिलेको, सपथ ग्रहण गर्दा २३ जना वडाध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपमान हुने शैलीमा गरिएको जनप्रतिनिधीले आराेप लगाएका छन् ।

सपथ ग्रहण कार्यक्रम व्यानर समेत नराखिएको, अतिथि आसनमा समेत विभेद अपमान गरेको काँग्रेस जसपाको इशसारामा चलेर एमाले सहितका अन्य दलका जनप्रतिनिधीलाई उपेक्षा गरेको लगायतका आरोप लगाउँदैै एमालेसहितका केही दलका जनप्रतिनिधीले सपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् । उपमहानगरमा गरिएको सपथ ग्रहण कार्यक्रम प्रक्रिया संगत नभएको र जनप्रतिनिधी कै अपमान गरेको कारण सपथ नलिएर बहिस्कार गरेको वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल बताउनु भयो ।

उनीसँगै उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दीपक बर्मा र वडा नम्बर ६ का वडाध्यक्ष समीर प्रताप सिंह लगायत नवनिर्वाचित वडाध्यक्ष, वडा सदस्यहरूले सपथ कार्यक्रममा मनोमानी ढंगले चलेको आराेप लगाएका छन् । सपथ ग्रहणकाे स्थानमा स्वागत कार्यक्रम उल्लेख गरिएकाे व्यानर नराखेकाे आराेप लगाईएकाे छ । जसपाका नेताकाे ईसारामा अतिथि आसनमै निर्वतमान तथा संस्थापक मेयर डा. धवलशम्सेर राणाको समेत अपमान गरेको सहभागि बताउँछन । कार्यक्रममा भद्रगोल देखिएको छ, छोटो समयमा कार्यक्रम तय गर्न परेकोले प्राविधिक समस्या आएको उपमहानगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *