
सकिल अहमद राई
जानकी १० जेष्ठ – जानकी गाउँपालिकाको गत बैशाष ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा जानकी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार टिकानाथ यादव विजयी भएका छन् ।
नेकपा एमाले र जासपाका उम्मेदवारद्वय रमेशकुमार वर्मा र राजेन्द्रकुमार कुर्मीलाई पछि पार्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित यादवले सोमबार वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
वडाध्यक्ष यादवले भ्रष्टचार रहीत भएर पारदर्शी ढंगले काम गर्ने बाचा गर्दै आफुलाई जनताले विश्वास गरेर पठाएको हुनाले अगामी पाँच वर्षसम्म जनताको सेवामा सदा समर्पित हुने बताए । उनले भने, ‘मलाई जनताले विश्वास गरेर यो ठाउँ सम्म पुर्याउनु भएको छ । उहाँको विश्वासलाई कहिल्यै तोड्ने छैन । मेरो कार्यकाल भरी नै म केवल जनताको सेवामा समर्पित भएर लाग्नेछु । यो मेरो बाचा हो । कुनैदिन पनि मेरो वडाका जनतालाई निराश गराउने छैन ।’
’आफु जनताको मालिक नभई जनताको सेवक भएको’ बताउँदै अध्यक्ष यादवले जनतालाई दिने सेवा सुविधामा जुनसुकै समयमा पनि अहोरात्र खटिने बताए ।
