Friday, April 24सत्यम खबर
Shadow

जानकी १ मा वडाध्यक्ष राईले गरे दोस्रो कार्यकालको पदभार ग्रहण

सकिल अहमद राई
जानकी, ११ जेष्ठ – बाँकेको जानकी गाउँपालिकामा वडा नं. १ मा आफ्नो वडाका विकास निर्माणमा उत्कृष्ठ कार्य गरेर पहिलो कार्याकालयमा विकासप्रेमी वडा अध्यक्षको रुपमा चर्चामा जानकी–१ का वडा अध्यक्ष मो. रजा राईले दोश्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित वडा नम्बर १ का वडा अध्यक्ष राईले पदभार ग्रहण गर्दै जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने बताउनु भयो । पद सम्भालेको दिन वडा अध्यक्ष राईले नाता प्रमाणितको सिफारिस दिएर कामको उद्घाटन गरेका हुन ।

पदभार कार्यक्रममा गठबन्धनका नवनिर्वाचित वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई वडाका कर्मचारी, नेता, कार्यकर्ता र स्थानीयहरुले टीका र खादा लगाएर सम्मान गरेका थिए ।

पद ग्रहण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राम्प्यारी यादव, वडा सचिव ईश्वर कुमार बम, प्र.अ द्रोणबहादुर थापा, कर्मचारी, नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *