
नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्जमा केही दिनदेखि धार्मिक सद्भाव बिगार्ने आरोप लागेका नेपालगन्ज निवासी राजेशकुमार जलान “विद्रोही”ले आफूलाई अनाहकमा फसाईएको प्रेस विज्ञाप्तीमार्फत जनाएका छन् ।
जलानद्वारा जारी विज्ञाप्तीमा “नेपालगन्ज निवासी म राजेशकुमार जलान सर्बसाधारण नेपाली नागरिक हु । बिपक्षि इस्तियाक अहम शाह र निजका दाइ रिजवान अहमद शाहबीच लेनदेन कारोबार भै बिगत १०÷१२ बर्षदेखि एक अर्काको विश्वासमा परि रकम लेनदेन हु“दै आइरहेको र रकम लेनदेनको क्रममा नरैनापुर गाउ“पालिका प्रमुख इस्तियाक अहमद शाह र निजका दाइ रिजवान अहमद शाहले म बाट पटक–पटक गरि रु. १,३०,०००००।– (एक करोड तिस लाख) मात्र सापटी लिएको हो र सो सापटी लिएको रकम तिर्न नपरोस भनि गलत नियत राखी म राजेशकुमार जलानलाई अनावश्यक हु“दै नभएको बिबादमा फसाई पटक–पटक जेल नेल गराउने, मानसिक तनाव दिने नियतका साथ कार्य गर्दै आएका छन्” भनी उल्लेख गरेको छन् ।

विज्ञाप्तीमा अगाडी भनिएको छ “यसै क्रममा बिश्व भरका करोडौ जनताले हेरी सकेको र सुनिसकेको भारतीय राजनैतिक पार्टी भारतीय जनता पार्टी कि प्रबक्ता नुपुर शर्माको टि.भी.कार्यक्रमको बहस पेज विभिन्न माध्यमबाट शेयर ह“ुदै मेरो फेसबुक वालमा पनि आएको र सो पेजलाई समाचारको रुपमा हेरी मैले कुनै पनि किसिमको फेर बदल छेडखानी नगरी जस्ताको त्यस्तै शेयर मात्र गरेको ह“ु, सो पेजको शयर म भन्दा पहिल्यै देश तथा विदेशका लाखौले पनि शेयर गरेको तर कसैप्रति पनि बिबाद खडा नभएको केवल म माथि मात्र प्रहार गरिएको कारणले पनि स्पस्ट हुन्छ कि म माथि षडयन्त्र गर्नुको पछाडी निज दुई भाइको व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण रहेको छ र सो पेज शेयर गरेको कारणले मलाई अनाहकमा भारतीय जनता पार्टीकी प्रबक्ता नुपुर शर्माको बिबादमा मुछ्दै निजका निकटतम व्यक्ति युथ टुडे न्यूजका पत्रकार आलम खा“को मिलोमतोमा सामाजिक रुपमा अपराधी साबित गरि जेल नेलमा कोच्ने नियतहिन कार्य गर्न खोजेको मात्र हो र मैले भारतीय जनता पार्टीकी प्रबक्ता नुपुर शर्माको वक्तब्यलाई समर्थन गर्दै मुस्लिम धर्मका देवताको अपमान गर्दै आपत्ति जनक लेख लेखि सामाजिक संजाल फेसबुकमा ट्वीट गरेको भनि झुटो आरोप र अफबाह फैलाउने जस्ता घृणित कार्य गरेका छन् । र यस बारेमा अन्य कुनै पनि मिडियाले मेरो बिरुद्दमा अहिलेसम्म कुनै पनि प्रकारको समाचार सम्प्रेषण नगर्नुको पछाडीको कारणले पनि म निर्दोष रहेको भन्ने प्रमाणित गर्दछ” भनी उल्लेख गरेका छन् ।

विज्ञाप्तीमा अगाडी “सो आरोप बमोजिम मैले कुनै पनि कार्य गरेको छैन गरेको भए प्रमाण सहित आउन निज पत्रकार आलम खा लगायत मेरो बिपक्षमा समाचार सम्प्रेषण गर्ने सम्बधित व्यक्तिहरुलाई आव्हान गर्दछु र दोषी ठहरे कानुन बमोजिम संजाय भोग्न पनि तयार रहेको, साथै जिल्ला प्रशासन कार्यालय बा“के र सम्पूर्ण जिम्मेवार निकायहरु समक्ष यहि बिज्ञिप्ति मार्फत उचित तवरले छानबिन गरि बास्तबिक रुपमा सामाजिक सदभाव बिथोल्ने जातीय हिंसालाई बढावा दिने जस्ता निच कार्य को र कसबाट हुन् खोजिएको हो र यसको छानबिन गरि दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरियोस भनि माग गर्दछु” भनी उल्लेख गरेका छन् ।

विज्ञाप्तीमा “बिपक्षि इस्तियाक अहमद शाहले लेनदेनको बिषयलाई प्रतिशोधको रुपमा लियर र रकम तिर्न नपर्ने बातावरण सिर्जना गर्नको लागि मलाई योजनाबद्ध तरिकाले फसाउनको लागि आफ्ना निकटतम मित्र तथा पत्रकार आलम खानको मिलोमतोमा मलाइ फरक तरिकाबाट बदला लिने मनसाय र उद्देश्यले मिति २०७९ जेष्ठ २७ गते जिल्ला प्रशासन कार्यालयमा आफ्ना करिब २०० जना सहयोगीहरुलाई उतारी समाजमा झुटो अफवाह फैलाउ“दै नारा जुलुसका साथ इस्लाम समुदायका जमातहरु मार्फत मलाई हदैसम्मको कारबाहीको मागसहित प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र प्रस्तुत गरेका छन् । सो ज्ञापन पत्रमा उल्लेख भए बमोजिम मैले कुनै पनि अराजकता फैलाउने कार्य, हिंसा फैलाउने जस्ता कुनै पनि घृणित कार्य मबाट नभएको स्पष्ट गर्दछु र हिन्दु मुस्लिम एकता खलबलाउने कार्य गरेको भनि झुटो आरोप लगाई झुटो समाचार प्रकाशन गरेर मलाई सामाजिक रुपमा उत्पीडन गर्ने कार्य भएको कुरा आम सर्वसाधारण सम्बन्धित सरोकारवाला पक्ष र स्थानीय प्रसाशन समेतलाई जानकारी गराउन यो प्रेस बिज्ञिप्ति प्रकाशन गरेको छु । साथै सामाजिक सदभाब बिथोल्ने हिंसा फैलाउन प्रयास गर्ने अराजक तत्वको छानबिन गरि तत्काल कारबाहीको लागि जिल्ला प्रसाशन कार्यालय बा“के तथा सम्बन्धित निकायहरु समक्ष यसै बिज्ञिप्ति मार्फत जोडदार माग गर्दछु” भनी उल्लेख गरेका छन् ।

उनले विज्ञाप्तीको अन्त्यमा “साथै इस्तियाक अहमद शाह र निजका दाइ रिजवान अहमद शाहसंग मेरो र मेरो श्रीमतीसंग भएको आर्थिक कारोबारको प्रमाण पनि यसै बिगीप्ति साथ पेश गरेको छु ।” भनी जनाएका छन् ।
यसबारे नरैनापुर गाउ“पालिका प्रमुख ईस्तियाक अहमद शाहको भनाई अनुसार विगत १०–१२ वर्षदेखि जलान र मेरो बीच सुमुधुर सम्बन्ध रहेको तथा आफूहरु बीच आर्थिक लेनदेन समेत हुने गरेको छ । केही समय अगाडी एउटा चेक मैले दिएको थियो, त्यस लगत्तै अर्को चेक समेत उपलब्ध गराएको थिए । आज उनले भने अनुसार कुनै प्रकारको घटनामा मेरो कसैस“ग संलग्नता नरहेको तथा उनलाई तिर्नुपर्ने रकम सकारात्मक तवरले आए भुक्तान गर्ने समेत बताएका छन् ।
