Saturday, June 27सत्यम खबर
Shadow

आस्था

पाटेश्वरी विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान

पाटेश्वरी विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं.१८ भुजईगाउँमा बि.सं.२०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान कार्यक्रममा कक्षा १ देखि ७ कक्षा सम्म अध्ययनरत १ सय २३ जना मध्ये छात्र ४२ जना र छात्रा तर्फ ८१ जनालाई रु. ४००÷– रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको सो बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीले बताउनु भएको छ । बिद्यालयका संरक्षक तथा बिद्यालय व्यवस्थापन समितिका माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र वडा नं.१८ का वडाध्यक्ष दिपक वर्माले छात्र वितरण गर्नु भएको थियो । सो अवसरमा जेष्ठ २९ गते नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टलाई दोसल्ला ओढाएर र भुजईगाउँ निवासी बजरंगलाल बर्मा (कुर्मी) र रामलली बर्मा(कुर्मी) ले बिद्यालयलाई २ ...
बालश्रम मुक्त उपमहानगर बनाइने

बालश्रम मुक्त उपमहानगर बनाइने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बालश्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताउनुभयो । उहाँले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपालगन्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उहाँको भनाई छ ।कार्यक्रममा उपप्रमुख कमरुद्धिन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकाँश विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै उहाँले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवा...
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २९ जेष्ठ – राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ५० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८÷७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको डाँगीले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको उनले जानकारी दिए ।गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रु...
वडा कार्यालयद्वारा पूर्व वडाध्यक्ष रेग्मीलाई श्रद्धाञ्जली व्यक्त

वडा कार्यालयद्वारा पूर्व वडाध्यक्ष रेग्मीलाई श्रद्धाञ्जली व्यक्त

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ जेष्ठ – पूर्व वडाध्यक्ष (२०२८/०३३) गोपाल राज रेग्मीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा कार्यालय परिवारले शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंहले पूर्व वडाध्यक्ष रेग्मीको फोटोमा माल्यार्पण गर्दै पूर्व वडाध्यक्ष रेग्मीले सामाजिक कार्यमा अहम भूमिका निर्वाह गरेको स्मरण गर्दै यस दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै स्वर्गीय पूर्व वडाध्यक्षको योगदानको कदर गर्दै आज शुक्रबार बिदा मनाउने निर्णय गरिएको बताउनुभयो । श्रद्धाञ्जली सभामा नेकपा एमाले बाँकेका पूर्व जिल्ला अध्यक्ष अशोक कोईराला, वडा नं. ६ का वडा सदस्य मदनबहादुर क्षेत्री, जमालुद्दीन बागवान, महिला सदस्य संगीता रेग्मी, भूमि दमिनी, सचिव मदनबहादुर राव...
मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ जेष्ठ - राजेश जालान "विद्राेही" नामकाे फेसबुक एकाउण्टबाट इस्लाम धर्मका विरुद्ध सार्वजनिक सञ्जालमा अभिव्यक्तिप्रति आज नेपालगन्जमा प्रर्दशन गरिएको छ । इस्लाम धर्म विरुद्ध सार्वजनिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिएकाे विषय सार्वजनिक भएदेखि त्यसका विरुद्ध मुस्लिम समुदायले प्रदर्शन गर्दै कारवाहीको माग गर्दै आज शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाएका छन् । जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतकाे विवादलाई नेपालमा गराउने खालकाे स्टाटस लेखेकोले उनीमाथि कारवाही गर्न माग गर्दै युथटुडेका सम्पादक आलम खानद्वारा ज्ञापनपत्र बुझाइएको हो । कुनै पनि व्यक्तिले सद्भाव बिग्रिने खालकाे अभिव्यक्ति दिन नहुने बताउँदै नेपालगन्जकाे सद्भाव बिग्रिन सक्ने भएकाे हुँदा विवादास्पद धार्मिक अभिव्यक्ति दिने जालानमाथि तत्काल कारवाही गर्न प्रमुख जिल्ल...
जानकी गाउँपालिकामा ३ दिनका लागि विद्यालयहरूमा गर्मी बिदा

जानकी गाउँपालिकामा ३ दिनका लागि विद्यालयहरूमा गर्मी बिदा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २७ जेष्ठ - बिगत एकसातादेखि बाँकेमा अत्याधिक गर्मी बढेपछि जानकी गाउँपालिका स्थानीय निकायले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । बाँकेको जानकी गाउँपालिकाले ३ दिनका लागि विद्यालयहरूमा गर्मी बिदा दिएको छ । अत्याधिक गर्मी र तातो हावाका कारण जनजीवन कष्टकर बन्दै गएपछि पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा सामुदायिक तथा संस्थागत विद्यालय सहितको सहमतिमा विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रतिभा ओली खड्काले जेठ ३० गतेदेखि असार १ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको बिज्ञप्ति मार्फत जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष छब्बन खाँले विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।...
अमेरिकी जर्नेलको नेपाल आगमन

अमेरिकी जर्नेलको नेपाल आगमन

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २७ जेष्ठ –अमरिकी सेनाको हिन्द-प्रशान्त क्षेत्र हेर्ने कमाण्डर जनरल चाल्र्स ए. फ्लिन भारतको भ्रमण पूरा गरी विहिबार मध्यान्हमा काठमाडौं आए । उनको आगमन समय निकै गोप्य राखिएको थियो । अमेरिकी सेनाको विशेष विमानबाट आउने भनिएपनि उनी नियमित उडानबाट सवा १२ बजे आए । भारतमा रहँदा फ्लिनले संयुक्त युद्धअभ्यासबारे छलफल गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अक्टोबरमा भारतको हिमाली क्षेत्रमा हुने उक्त अभ्यास ९ हजार देखि १० हजार फिटमा हुने समेत फ्लिनले सञ्चारमाध्यमलाई बताए । हवाई फौज युद्धअभ्यासमा सहभागी हुने जनाइएको छ । त्यसलाई चीनको हिमाली क्षेत्रमा बढ्दो सैन्य गतिविधिको प्रतिरक्षाको तयारीको संकेत समेत फ्लिनले गरे । उनले प्रत्यक्ष अप्रत्यक्ष चीनलाई भारतबाट चेतावनी दिनु अर्थपूर्ण छ । फ्लिनले युद्ध अभ्यासको महत्वमाथि निकै प्रकाश पारेका थिए । उनले दक्षिणी हिमाली क्षेत्रमा बेइजिङको ...
भारतले श्रीलंकामा पठायाे ३.३ टन स्वास्थ्य सामग्री

भारतले श्रीलंकामा पठायाे ३.३ टन स्वास्थ्य सामग्री

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ जेष्ठ –चिनियाँ ऋणले आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई भारतले अतिआवश्यक स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ । कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो । आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भ...
बाँकेमा यस वर्ष मनसूनबाट १० हजार परिवार प्रभावित हुन सक्ने आकलन

बाँकेमा यस वर्ष मनसूनबाट १० हजार परिवार प्रभावित हुन सक्ने आकलन

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ जेष्ठ - जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो बर्षको विपद्बाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभाबित हुने आकलन गरी सवै विषयगत कार्यालयले तयार पारेको योजनालाई समावेश गरी जिल्लाको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ र मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत स्विकृत गरेको छ । त्यसै गरी मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदिमा प्रदेश सरकार, सवै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा असार ६ गते विहान ११ वजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ । बाँकेका पाालिका प्रमख, उपप्रमुख समेतको उपस्थितिमा भएको बैठकमा अध्यक्ष प्रमुख जिल्ला अधिकारी सु...
भारतको अपोलो अस्पतालद्वारा नेपालमा फोक्सो र मुटु प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया

भारतको अपोलो अस्पतालद्वारा नेपालमा फोक्सो र मुटु प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ जेष्ठ – भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौंको र्‍याडिसन होटलमा आयोजना गरिएको कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा एमएस कँवर, अपोलो हस्पिटल, नयाँ दिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिष्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरिष्ठ सल्लाहकार डा वनिता अरोरा तथा कार्डियोथोरासिक मृटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा मुकेश गोयलको सहभागिता थिए। कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नत स्तरको उपचार मोडेलहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी डा कंवरले फोक्सो प्रत्यारोपण भनेको शल्यक्रिया मात्र नभएको बताए। ‘आइपीएफ, सीओपीडी, एम्फिसेमा, कोविड...