Monday, April 20सत्यम खबर
Shadow

चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग

नेपालगन्ज ३१ जेष्ठ – देशकै सबैभन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज हो । चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती भएको छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने व्यवस्था, स्वच्छ र सफा पानी पिउन नपाएर समस्या भएको छ ।


नेपालको संविधान २०७२ को धारा ३५ अन्तर्गत स्वास्थ्य सम्वन्धीको हकको उपदफा (४) मा समेत स्वच्छ खानेपानी प्रत्येक नागरिकलाई व्यवस्था गर्र्ने व्यवस्था रहेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बाँकेमा आउने सेवाग्राहीका लागि स्वच्छ, शुद्ध, सितल पानी पिउनका लागि समस्या भएको छ । प्रशासनले आफै खानेपानीको व्यवस्थापन नगरे पनि केही महिना अघि डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको शुद्ध खानेपानी मेसिन लामो समयदेखि विग्रिएर सेवाग्राहीले पानी समेत पिउन नसकेपछि सो को तत्काल संचालन गर्न नागरिकस्तरबाट प्रशासनको ध्यानाकषर्ण गराइएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको नेतृत्वमा नागरिक समाजका अभियन्तासहितको टोलीले आज मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीलाई ध्यानाकर्षण गराएको छ ।


ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी केसीले विग्रिएको खानपानीको फ्रिजर फिल्टर मेसिन तत्काल मर्मत गरिने प्रतिबद्धता गर्दै जिल्लाका अन्य सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीका लागि खानेपानीको व्यवस्था बारे अनुगमन गरि नभएको कार्यालयमा व्यवस्था गराउने बताउनुभयो । प्रशासनको ध्यानाकर्षणमा ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट, नेपालगन्ज २० का वडाध्यक्ष कौशलकुमार धोबी लगायत एक दर्जज नागरिक अभियन्ताहरुले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *